काठमाडौं- सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
नगरपालिकाका अधिकृत पौडेल र खानेपानी तथा सरसफाई टेक्निसियन चित्रबहादुर केसीविरुद्ध २ लाख रुपैयाँ बिगो माग दाबी गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
केसीले वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको २ लाख घुससहित अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा पौडेलको आदेश योजना र निर्देशनमा केसीले उक्त घुस लिएको खुलेको अख्तियारले जनाएको छ।