आइतबार, जेठ १८, २०७७

समाचार

कोरोनाबाट मृत्यु भएकी महिलाको गाउँमा दुई मन्त्रीसहितको जम्बो टोली

158973489498345260_3585817421444630_5255.jpg

सिन्धुपाल्चोक- कोरोना भाइरसका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसे-९ की महिलाको गाउँमा मन्त्रीसहितको जम्बो टोली पुगेर पीसीआर टेस्टका लागि नमुना परीक्षण गरेको छ।

विज्ञ चिकित्सक टोलीका साथ वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग वन तथा पर्यटनमन्त्री अरुण नेपाल, जिसस संयोजक कृष्णगोपाल तामाङ, बाह्रबिसे नगर प्रमुख निमफुन्जोे, प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, उपप्रमुख सुशीला पाख्रिनसहित पुगेका थिए।

स्वास्थ्यकर्मीबाट पीसीआर परीक्षणणका लागि नमुना संकलन गरेको नेकपाका नेता माधव सापकोटाले बताएका छन्।

उक्त क्षेत्रमा शनिबारदेखि नै सिल गरिएको छ। त्यहाँ ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा ५५ जनाको नमुना सङकलन गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्