शुक्रबार, वैशाख ७, २०८१

घरमै नगद राख्ने बढ्न थाले

बैंक तथा वित्तीय संस्थामा निक्षेप घट्न थालेको छ। निक्षेपकर्ताले घरमै नगद राख्न थालेका कारण निक्षेप घटेको बैंकरहरूले बताएका छन्।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं– बैंक तथा वित्तीय संस्थामा निक्षेप घट्न थालेको छ। निक्षेपकर्ताले घरमै नगद राख्न थालेका कारण निक्षेप घटेको बैंकरहरूले बताएका छन्।

triton college

उनीहरूका अनुसार संस्थागत निक्षेपमा कमी नभए पनि व्यक्तिगत मुद्दती निक्षेप र बचत घटेको हो।

“निक्षेप घट्न थालेको छ। दैनिक कुन बैंकको कति निक्षेप घट्यो भन्ने विवरण आइसकेको छैन”, नेपाल बैंकर्स एसोसिएसनका प्रबन्धक अनिल शर्माले भने। उनका अनुसार अर्को सातासम्म विवरण आउनेछ।

‘बचत झिक्नेको संख्या पहिलेभन्दा धेरै छ’, एभरेस्ट बैंकका क्यासियर किरण बुढाथोकीले भने, ‘पछिल्लो दुई दिनदेखि झनै बढेको छ।’

कोरोनाको त्रास, नेपालको अर्थतन्त्रको अवस्था र सरकारप्रति अविश्वासका कारण मानिसले बैंकबाट निक्षेप निकालिरहेको अर्थशास्त्रीको भनाइ छ।

corrent noodles
Metro Mart

सरकारले सर्वसाधारणलाई राहत दिने निर्णय नगरेका कारण पनि बचत फिर्ता लिनेको संख्या बढेको अर्थशास्त्री डा. चन्द्रमणि भट्टराईले बताए।

उनले भने, ‘निक्षेपकर्ता बैंक तथा वित्तीय संस्थाप्रति पूर्ण विश्वस्त छैनन्। त्यसैले संकटको संकेत देखिनेबित्तिकै नगद रिजर्भ गर्न थालिहाल्छन्।’

सहकारीबाट पनि बचत फिर्ता लिनेको संख्या बढेको छ। जिल्ला बहुद्देश्यीय सहकारी संघका सचिव माधव तिमिल्सनाले भने, “सहकारीबाट पैसा झिक्नेको संख्या बढेको छ। बचत संकलनमा करिब ५० प्रतिशत कमी आएको छ।”

राष्ट्र बैंकले कोरोनाका कारण बंैकिङ क्षेत्रमा पर्न सक्ने असरबारे अध्ययन गरिरहेको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए। उनका अनुसार अहिलेसम्म बैंकिङ क्षेत्रमा निक्षेप वृद्धिदरमा खासै असर परेको छैन। निक्षेपमा कमी आउन सक्ने आँकलन भने राष्ट्र बैंकले गरेको छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधि ठप्प बन्दै गएको छ। नेपालमा हुने वस्तु तथा सेवाको कुल खपतमध्ये ९० प्रतिशत आयात हुन्छ भने उत्पादन १० प्रतिशत मात्र छ।

अहिले सर्वसाधारणले आपत्कालीन अवस्थाका लागि भन्दै अन्न, ग्यासलगायतका अत्यावश्यक उपभोग्य सामग्री भण्डारण गर्नुका साथै घरमै नगद राख्न थालेका छन्।

प्रकाशित: Mar 18, 2020| 08:55 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्