जनकपुरधाम– प्रदेश २ को नामकरणका लागि अहिले मतदान भइरहेको छ। नामकरणका लागि चारवटा प्रस्ताव पेश भएकोमा तीनवटा बहुमतले अस्वीकृत भइसकेका छन्।
नेकपाले प्रस्ताव गरेको जानकी, कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा र कांग्रेसकै एकजना सांसदले प्रस्ताव गरेको मध्य मधेश अस्वीकृत भएका हुन्।
अब चौथो प्रस्तावमा मतदान हुँदैछ। चौथो नम्बरमा सत्तासीन दल समाजवादी पार्टी र राजपाको मधेश प्रदेश प्रस्ताव दर्ता भएको छ।
१०७ जना प्रदेश सांसद रहेको प्रेदश २ मा दुई तिहाइ बहुमत पुर्याउन ७२ मत आवश्यक छ।