शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्र द्वन्द्वमा २५०६ बेपत्ता, सबैभन्दा बढी बर्दियाबाट (नामावलीसहित)

सशस्त्र द्वन्द्वमा २५०६ बेपत्ता, सबैभन्दा बढी बर्दियाबाट (नामावलीसहित)

१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको बेपत्ता छानबिन आयोगले सूची सार्वजनिक गरेको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

काठमाडौं– १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको बेपत्ता छानबिन आयोगले सूची सार्वजनिक गरेको छ।

triton college

अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनका लागि आयोगले द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक गरेको हो ।

आयोगका सूचना अधिकारी निराजन घिमिरेका अनुसार आयोगमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको थियो। आयोगका अनुसार सबैभन्दा धेरै उजुरी बर्दियाबाट २ सय ५४ परेका छन्।

बर्दियापछि दाङबाट १ सय २८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ। काठमाडौंबाट ३२ र कालीकोटबाट २४ जना बेपत्ता भएको आयोगको सूचीमा परेका छन्।

मनाङ र मस्ताङबाट भने एकजनाको पनि उजुरी नपरेको आयोगले जानाएको छ। आयोगका सूचना अधिकारी घिमिरेले आयोगमा नयाँ पदाधिकारीको नियुक्ति भइसकेपछि ९८ जना वेपत्ताको उजुरी परेको रोल्पाबाट पीडितसँग बयान लिने, साक्षी बुझ्ने काम सुरु गरेको जानकारी दिए।

corrent noodles
Metro Mart

आयोगले अनुसन्धान सुरु गरेकाले वेपत्ता व्यक्ति बारे कुनै जानकारी भए आयोगलाई दिन सबैको सहयोगका लागि सूचीसहितको सूचना जारी गरेको घिमिरेले बताए।

बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा आयोगको टोल फ्री नम्बर १६६०–०१–२२१११ मा सम्पर्क गरेर या सीधै कार्यालयमा गएर सूचना दिने व्यवस्था मिलाएको आयोगले जनाएको छ।

आयोगले उजुरी आव्हान गर्दा कुल ३१९७ वटा उजुरी परेकामा ४१४ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोग पठाएको थियो। यस्तै १२५ दोहोरो उजुरी परेर गाभिएको, २८९ उजुरी तामेलीमा रहेको, २३ जना विस्तृत अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ।

आयोगले विस्तृत अनुसन्धान बाँकी रहेका कर्णाली प्रदेशका ११ जिल्लामा अनुसन्धान कार्य सुरु गरेको जनाएको छ।

बेपत्ताकाे सूची

प्रकाशित: Mar 17, 2020| 08:24 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।