शुक्रबार, वैशाख ७, २०८१

काँक्रेविहारको पुनर्निर्माण २० वर्षसम्म पनि अधुरै

कर्णालीको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारको पुनर्निर्माण अझै लम्बिने भएको छ ।
 |  मंगलबार, चैत ४, २०७६

देव राना

देव राना

मंगलबार, चैत ४, २०७६

सुर्खेत। कर्णालीको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारको पुनर्निर्माण अझै लम्बिने भएको छ। पुनर्निर्माण थालिएको झण्डै २० वर्ष पुग्दा पनि यसको पुनर्निमार्णको काम पूरा भएको छैन।

triton college

२०५७ सालदेखि अलपत्र अवस्थामा रहेको भग्नावशेषको रुपमा रहेको काँक्रेविहारलाई पुरातत्व विभागले पुनर्निर्माण गर्न सुरु गरेको थियो। तर हाल मन्दिर ठड्याउने बाहेक अन्य काम अधुरै छ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगरेपछि वीरेन्द्रनगरमा रहेको काँक्रेविहार पुनर्निमार्णको काम अधुरै रहेको हो। आधा काम छाडेर ठेकेदार सम्पर्कविहीन भएको पुरातत्व विभागले जनाएको छ।

पुनर्निर्माणका लागि पहल गरेको झण्डै चार वर्षपछि अर्थात् २०६१ सालमा सरकारले बजेट छुट्याएको थियो। तर पुनर्निर्माणको काम भने अघि बढ्न सकेन। बजेट हुँदाहुँदै पनि काँक्रेविहारलाई कस्तो बनाउने भन्नेमै पुरातत्व विभाग अल्झियो। गुरुयोजनाको अभावमा करिव १० वर्षसम्म पुनर्निर्माण सुरुवात समेत हुन सकेन।

स्थानीय नागरिकले भने काँक्रेविहारको पुनर्निर्माणका लागि राजनीतिक दलका नेता, मन्त्री, प्रधानमन्त्रीदेखि तत्कालिन राष्ट्रपति रामवरण यादवसमेतलाई गुहारे। लामो समयसम्म सरकारको वार्षिक नीति तथा कार्यक्रममा काँक्रेविहारलाई प्राथमिकतामा राख्ने तर पुनर्निर्माणको काम सुरुवातसमेत हुन सकेन।

corrent noodles
Metro Mart

वर्षाैको प्रयासपछि २०७२ साल असार ४ गते तीन वर्षमा पुनर्निर्माण सक्नेगरी सिद्धबाबा कन्स्ट्रक्सनसँग सम्झौता भयो। गुरुयोजना नभए पनि पुरातत्व विभागले शिखर शैलीमा काँक्रेविहारको पुनर्निर्माण र भग्नावशेषलाई उत्खनन् गर्ने ठेक्का दियो। तर ठेकेदार कम्पनीले पुनर्निर्माणका लागि घाँडो बन्यो।

तीन वर्षमा पुनर्निर्माण सक्ने ठेक्का लिएकोे आधाभन्दा धेरै काम सकिएको छ। शिखर शैलीमा काँक्रेविहारमा मन्दिर पनि बनेको छ तर यसलाई अन्तिम रुप दिन भने अझै केही समय लाग्ने भएको छ। निर्माण कम्पनीले शिखर शैलीमा पुनर्निर्माण भएको मन्दिरलाई रंगरोगन, वाटरप्रुफ रंग, कम्पाउण्डिङ र चक्रपथ निर्माण लगायतका कामहरु गर्न बाँकी नै छन्।

निर्माण कम्पनी भने मन्दिरमा गजुर राखेर बेपत्ता भएको विभागले जनाएको छ। पुरातत्व विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठका अनुसार निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले पुनर्निर्माणको काम सम्पन्न गर्न चासो दिएको छैन। जसले गर्दा काँक्रेविहारको पुनर्निर्माण कहिले सकिन्छ भन्ने ग्यारेन्टी छैन। तर चालू आर्थिक वर्षभित्र निर्माण सक्ने विभागले भनाइ छ।

अबको दुई साताभित्र बाँकी काम सुरु नभए ठेकेदार कम्पनीलाई कारबाही गर्ने विभागले जनाएको छ। रङ्गरोगन र कम्पाउण्डिङ लगायतका बाँकी काम गर्न ठेकेदार कम्पनीलाई पटकपटक आग्रह गर्दा पनि वेवास्ता गरेको इन्जिनियर श्रेष्ठले जनाए।

पुनर्निर्माणका विषयमा ठेकेदारबीचको विवाद छ। विभागले निर्माणको जिम्मा सिद्धबाबा कन्स्ट्रक्शनलाई सुम्पेको थियो। तर यो कम्पनीका मालिक दिपक कार्कीले काम नगरी अर्का निर्माण व्यवसायी तृथराम काश्यवलाई सुम्पिए।

हाल निर्माण कम्पनीबाट जिम्मेवारी लिएका काश्यवले आफूले बजेट नपाएका कारण काम नगरेको बताएका छन्। विभागले बजेट निर्माण कम्पनीको खातामा हाल्ने र निर्माण कम्पनीले आफूलाई रकम नदिएका कारण काम गर्न नसकेको उनको भनाइ छ। बजेट नदिएका कारण आफूले पनि बीचमै काम छाडेको उनको दाबी छ। यस विषयमा काश्यपसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।

मुख्य ठेकेदार कार्की नै भएका कारण पुरातत्व विभागले समेत काम गर्ने काश्यवलाई पैसा दिलाउन नसक्ने बताएको छ। चालु आर्थिक वर्षभित्रै काम सम्पन्न नभए कार्कीलाई कारवाहीको प्रक्रिया अघि बढाउने विभागको भनाइ छ।

छैन गुरुयोजना

काँक्रेविहार सुर्खेतको मात्र होइन, कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल हो। काँक्रेविहारको पुनर्निर्माणको काम आधाभन्दा धेरै भइसकेको छ। तर हालसम्म पनि काँक्रेविहारको गुरुयोजना भने बन्न सकेको छैन।

यता पुरातात्व विभागले भने काँक्रेविहारको पुनर्निर्माण सकिएपछि मात्र गुरुयोजना बनाउने जनाएको छ। गुरुयोजना विनै मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो। गुरुयोजना निर्माण भएमा पुरातात्विक र ऐतिहासिक महत्व बोकेको काँक्रेविहार पर्यटन विकासका लागि कोशेढुंगा बन्ने विश्वास गरिएको छ।

काँक्रेविहारमा बुद्ध, शिव, पार्वती लगायतका मूर्तिहरु कुँदिएका छन्। यस्तै वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले काँक्रेविहारको गुरुयोजना बनाउन सबैले पहल गर्नुपर्ने बताए।

प्रदेश नम्बर ५ को लुम्बिनी र चीनको कैलाश मानसरोवर पुग्ने धार्मिक पर्यटकलाई काँक्रेविहारसम्म जोड्न सकिने उनको धारणा छ। यसका लागि पनि तत्काल गुरुयोजना निर्माण गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: Mar 17, 2020| 05:55 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।