बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकका ग्राहकलाई हायात होटलको सेवामा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई हायात होटलको सेवामा १५ प्रतिशत छुट

 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ ।

triton college

यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरे।

उक्त समझदारी बमोजिम यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनेछन्। साथै बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ ।

यसैगरी ग्राहकहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: Mar 17, 2020| 04:22 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्