बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अन्तर्राष्ट्रियको माग पूरा नभएपछि प्रादेशिक विमानस्थल माग्दै कर्णाली

अन्तर्राष्ट्रियको माग पूरा नभएपछि प्रादेशिक विमानस्थल माग्दै कर्णाली

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा चलेको झण्डै एक दश बित्यो। वर्षौंको प्रयासपछि २०७३ साल कार्त्तिकमा भेरीगंगा नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन पनि भयो।
 |  सोमबार, चैत ३, २०७६

देव राना

देव राना

सोमबार, चैत ३, २०७६

सुर्खेत- सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा चलेको झण्डै एक दश बित्यो। वर्षौंको प्रयासपछि २०७३ साल कार्त कमा भेरीगंगा नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन पनि भयो। काठमाडौंस्थित टिएइसी कन्सलटेन्सी, इन्जिनियरिङ एण्ड एजुकेशनल सर्भिसेज र एनोट एण्ड आर्किटेक्टले विमानस्थल निर्माणका लागि भौगर्भिक तथा सम्भाव्यता अध्ययन गर्‍यो।

triton college

समितिको प्रतिवेदनका आधारमा २०७५ जेठमा तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारी विमानस्थलको स्थलगत अध्ययन गर्न सुर्खेतमै आए। कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताउँदै उनले यहाँका राजनीतिक दल र सरोकारवालासँग छलफल थाले। छलफलपछि कम्तीमा एकसय सिटे जहाज उडान तथा अवतरण गर्न सकिने गरी विमानस्थल बनाउने प्रतिबद्धतासमेत जनाए। मन्त्रीको सक्रियता र प्रतिबद्धतापछि सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा स्थानीय ढुक्क थिए।

तर, मन्त्रीको दुःखद निधनपछि विमानस्थल बनाउने सपना पनि तुहियो। संयोगवस नै भन्नुपर्छ यसअघि भेरीगंगा १० मदानेचौरमा विमानस्थल बनाउने योजना पूर्णरुपमा असफल भयो। सम्भाव्यता अध्ययन टोलिले अन्तिम समयमा आएर मदानेचौरमा विमानस्थल बनाउन नसकिने निष्कर्णसँगै सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थलको सपना सदाका लागि अन्त्य भएको छ।

विकल्पमा प्रादेशिक विमानस्थल

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सपना अन्त्य भएपछि यतिबेला कर्णालीले प्रादेशिक विमानस्थल ताक्न थालेको छ। लामो समयदेखि स्थानीय र प्रदेश सरकारले कर्णालीमा प्रादेशिक विमानस्थल बनाउनुपर्ने माग राख्दै आएका छन्। अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना असफल भएपनि निजी क्षेत्रले भने कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने आवाज उठाउँदै आएको छ। पछिल्लो पटक फागुन ६ गते सुर्खेत उद्योग वाणिज्य संघले उपराष्ट्रपति वर्षमान पुनलाई अन्तर्राष्ट्रिय विमानस्थलको पहल गरिदिन भन्दै १७ बुंदे मागपत्र बुझाएको थियो।

corrent noodles
Metro Mart

भेरीगंगा नगरपालिका १० र ११ को सीमानामा पर्ने पाण्डोलमा प्रादेशिक विमानस्थल बनाउन पहल थालिएको छ। तीन हजार मिटर रन वे बनाउने गरी विमानस्थलको पूर्वसम्भाव्यता थालिने सुर्खेत क्षेत्र नम्बर १ का संघीय सांसद ध्रुवकुमार शाहीले बताए। प्रारम्भिक अध्ययनअनुसार करिब १२ अर्बको लगानीमा प्रादेशिक विमानस्थल निर्माण गर्न सकिने उनको भनाइ छ। कर्णालीमा प्रादेशिक विमानस्थलका लागि पाण्डोल एकमात्रै उपयुक्त विकल्प भएको उनको दाबी छ। दीर्घकालिन रुपमा कर्णालीलाई संघीय राजधानीसँग जोड्न र सुर्खेतबाट कर्णालीका सबै जिल्लामा हवाई उडानका लागि पाण्डोलमा प्रादेशिक विमानस्थल बनाउन सबै राजनीतिक दल एकमत हुनुपर्ने उनले बताए।

विस्तार हुँदै सुर्खेत विमानस्थल

अन्तर्राष्ट्रिय विमानस्थको योजना असफल भएपछि कर्णालीले प्रादेशिक विमास्थल ताकेको छ। तर, प्रादेशिक विमानस्थल नबन्दासम्म हाल चालु अवस्थामा रहेको सुर्खेत विमानस्थल विस्तार हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सुर्खेत विमानस्थल छिट्टै विस्तार हुने जनाएको छ। प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालका अनुसार सुर्खेत विमानस्थल विस्तारका लागि ६ करोड बढी रुपैयाँ विनियोजन गरिएको छ। विमानस्थलको रन वे, ट्याक्सी वे र एप्रोन ओभरटेक गर्नको लागि विमानस्थल थप मर्मत गरिने छ। जसका लागि चालु आर्थिक वर्षमा ६ करोड १९ लाख ४६ हजार नौं सय तीन रुपैयाँ विनियोजन गरिएको छ।

विमानस्थल विस्तारका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको प्राधिकरणले जनाएको छ। तर, विमानस्थल विस्तारको विषय भने सुर्खेतस्थित नागरिक उड्डयन प्राधिकरणलाई कुनै जानकारी छैन। सुर्खेतका कार्यालय प्रमुख उमेशकुमार पन्थीले विमानस्थल विस्तारका लागि केन्द्रबाट कुनै पनि जानकारी नआएको बताए। ‘विमानस्थल विस्तारको लागि हामीलाई कुनै पनि जानकारी आएको छैन’, प्रमुख पन्थीले भने, ‘विमानस्थल विस्तारका लागि प्रदेश सरकारले छलफलमा बोलाएको थियो। तर, हाल के भइरहेको छ, थाहा छैन।’

प्रकाशित: Mar 16, 2020| 13:23 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।