बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सेनाले घोडेजात्रामा विशिष्ट तथा अन्य पाहुनालाई सहभागी नगराउने

सेनाले घोडेजात्रामा विशिष्ट तथा अन्य पाहुनालाई सहभागी नगराउने

नेपाली सेनाले यसवर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरेको छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं - नेपाली सेनाले यसवर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरेको छ।

triton college

सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाईरस (कोभिड-१९) का कारण यस वर्षको घोडेजात्रा समारोह नेपाली सेनाले परम्परालाई कायम राख्‍ने उद्देश्यका साथ आन्तरिक रुपमा सीमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने निर्णय भएको जानकारी दिएको छ।

'नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरेसँगै उक्त भाइरसको जोखिमलाई मध्येनजर गरि यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरिएको छ।', विज्ञप्तिमा उल्लेख छ। साथै समारोहको प्रत्यक्ष प्रशारण विभिन्न टेलिभिजन च्यानलहरुमार्फत हुने सेनाले जनाएको छ।

यसवर्षको घोडेजात्रा चैत ११ गते परेको छ।

प्रकाशित: Mar 16, 2020| 08:57 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।