काठमाडौं– साझा यातायातले आफ्ना हरेक बसमा स्यानिटाइजर छर्केर सेवा दिइरहेको छ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न स्यानिटाइजरको प्रयोग गरिएको साझाले जनाएको छ।
हरेक रुटमा चल्ने बसमा पहिला स्प्रे गर्ने र त्यसपछि मात्र यात्रुलाई चढाउने साझाको भनाइ छ।