बुधबार, जेठ १४, २०७७

समाचार

पर्साका सञ्चारकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

1588778248birgunj_night_(1).JPG

वीरगन्जका सञ्चारकर्मीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। फिल्ड रिपोर्टिङमा हिँडिरहेका सञ्चारकर्मीहरुको नमुना संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।

बुधबार नमुना संकलन गरिएका सबै सञ्चारकर्मीहरुको रिपोर्ट नेगेटिभ आएको नारायणी अस्पतालले जनाएको छ। गएको मंगलबार २ जना सञ्चारकर्मीमा कोरोना पोजेटिभ फेला परेपछि सञ्चारकर्मीहरुले स्वाब परीक्षण गराएका थिए ।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अति जोखिममा रहेका सञ्चारकर्मी, विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे छर्केका अग्नि नियन्त्रक र पर्साका एक सांसदका स्वकीय सचिवलगायत ११० जनाको स्वाब संकलन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्