शुक्रबार, वैशाख ७, २०८१

किङ्स लाउन्ज पोखरामा थर्मल स्क्यानरबाट परीक्षण

 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

किङ्स लाउन्ज पोखराले कोरोना भाइरस नियन्त्रणका लागि उच्च शतर्कता अपनाएको छ । लाउन्जले आफ्ना ग्राहकहरुको स्वास्थ्यको ख्याल राख्दै प्रवेश द्धारमा ग्राहकहरुको तापक्रम नाप्न थर्मल स्क्यानरको व्यवस्था गरेको छ ।

triton college

लाउन्जले आफ्ना ग्राहकहरुमा कोरोना संक्रमण नहोस भनेर थर्मल स्क्यानरका साथै लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे पनि प्रयोगमा ल्याएको किङ्स लाउन्ज पोखराका अध्यक्ष वशन्त गौचन थकालीले जानकारी दिए । उनले लाउन्जमा आउने ग्राहकको थर्मल स्क्यानीङ गरेर किटाणु नासक स्यानीटाइजर स्प्रे लगाएर मात्र लाउन्जमा प्रवेश गराईने बताए ।

लाउन्जमा यही चैत ८ गते शनिबार साँझ ब्रिजेश, विजेन र वियोन ब्यान्डको लाइभ कन्सर्टको कार्यक्रम समेत राखेको छ । आगामी चैत ३० गते द एक्स ब्याण्डको लाइफ कन्र्सट आयोजना गर्ने लाउन्जले जनाएको छ ।

 

प्रकाशित: Mar 16, 2020| 05:16 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्