काठमाडौं– महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ५७ देशमा फैलिएको छ। कोरोनाकै कारण अहिलेसम्म ४७ देशका ६ हजार ५१६ जनाले ज्यान गुमाएका छन्।
तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६९ हजार ५६७ जना संक्रमित हुँदा सोमबार बिहानसम्म६ हजार ५१६ जनाको मृत्यु भएको हो ।
बितेको २४ घण्टामा मात्रै कोरोनाका कारण ६ सय ८३ जनाको मृत्यु भएको वर्ड ओ मिटरले जनाएको छ ।
पछिल्लो समय युरोपियन मुलुक इटालीमा तीव्र गतिमा संक्रमण बढेको छ भने मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ। नयाँ संक्रमित र मृत्यु संख्याका आधारमा इरान दोस्रो नम्बरमा छ।
यद्यपि अहिलेसम्म संक्रमित र मृत्यु हुनेकाे संख्या चीनमै सबैभन्दा बढी छ।
चीनमा ८० हजार ८६० जना कोरोनाबाट संक्रमित भएका थिए। जसमध्ये ६७ हजार ७५२ जना निको भएर घर फर्किएका छन् भने ९ हजार ८९५ जना अहिले उपचार छन् । अहिलेसम्म चीनमा कोरोनाबाट ३ हजार २१३ जनाले ज्यान गुमाएका छन्।
इटालीमा भने २४ हजार ७४७ जनामा संक्रमण देखिँदा २ हजार ३३५ मा मात्रै निको भएका छन् भने २० हजार ६०३ जना उपचाररत छन् । इटालीमा १ हजार ८०९ जनाको मृत्यु भइसकेको छ ।
कुन देशमा कतिको मृत्यु ?
चीन– ३२१३
इटाली– १८०९
इरान– ७२४
स्पेन– २९२
फ्रान्स– १२७
दक्षिण कोरिया– ७५
अमेरिका– ६९
बेलायत– ३५
जापान– २४
नेदरल्याण्ड– २०
स्विजरल्याण्ड– १४
फिलिपिन्स– १२
जर्मनी– ११
इराक– १०
डाइमन्ड प्रिन्सेस– ७
सानमारिनो– ७
अष्ट्रेलिया– ५
इन्डोनेसिया– ५
ग्रीस– ४
बेल्जियम– ४
हङकङ– ४
अल्जेरिया– ४
नर्वे– ३
स्विडेन– ३
पोल्यान्ड– ३
लेबनान– ३
डेनमार्क– २
आयरल्याण्ड– २
इजिप्ट– २
भारत– २
अर्जेन्टिना– २
बुल्गेरिया– २
इक्वेडर– २
पानामा– १
अल्वानिया– १
अष्ट्रिया– १
क्यानडा– १
स्लोभेनिया– १
थाइल्यान्ड– १
लग्जेम्बर्ग– १
हंगेरी– १
मोरक्को– १
अजरबैइजन– १
युक्रेन– १
गुयाना– १
ग्वाटेमाला– १
सुडान– १