शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काेराेनाकाे माहामारीका बेला प्रदेश प्रमुखहरु सेवासुविधा बढाउने दौडधूपमा

काेराेनाकाे माहामारीका बेला प्रदेश प्रमुखहरु सेवासुविधा बढाउने दौडधूपमा

सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं- कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न सार्क राष्ट्र प्रमुखबीच भएको ‘भिडियो कन्फरेन्स’ लाई आजका राष्ट्रिय दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।

triton college

भिडियो कन्फरेन्समा सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा युद्ध गरी जित्ने वाचा गरेका छन् । उनीहरुले कोरोनाको महामारीविरुद्ध लड्न आपत्कालीन कोष स्थापना गर्ने पनि घोषणा गरेका छन् ।

कोषमा एक करोड अमेरिकी डलर रहने, स्वैच्छिक योगदान गर्न सकिने र आवश्यकताअनुसार जुनसुकै मुलुकले उपयोग गर्न सक्ने निर्णय भएको छ । कोषको कार्यविधि विदेश सचिवहरू बसेर टुंगो लगाउने भएका छन् ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै कान्तिपुर दैनिकले कोरोनाविरुद्ध सार्क आपत्कालीन कोष शीर्षकमा खबर छापेको छ भने अन्नपूर्ण पोस्ट्ले महामारी जित्ने सार्कको बाचा शीर्षकमा खबर लेखेको छ ।

आजको नागरिक दैनिकले कोरोनासँग मिलेर लडौं, आपतकालीन कोष स्थापना शीर्षकमा मुख्य समाचार छापेको छ । नयाँ पत्रिकाले भने कोरोनाविरुद्ध साझा रणनीति बनाउने सार्कका शीर्ष नेताको सहमति शीर्षकमा खबर लेखेको छ ।

corrent noodles
Metro Mart

यो बाहेक कोरोनाका लागि नेपाल सरकारले गरिराखेको तयारीलाई पनि आजका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।

सरकारले कोभिड–१९ का संक्रमितको उपचार गर्न हाल १ सय ५५ वटा आइसोलेटेड बेड तयार गरेको छ । त्यसका साथै २ सय ३५ वटा आईसीयू थप्ने तयारी थालेको आजको कान्तिपुर र नागरिक दैनिकले लेखेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार राष्ट्रिय सभामा काठमाडौं उपत्यकाका तीनवटा अस्पतालमा आइसोलेटेड बेडसहित कोभिड–१९ संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका थिए ।

यो बाहेक आजको अन्नपूर्ण पोस्ट्ले सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा भेला भएर आफ्नो सेवासुविधा र हैसियत बढाउन दौडधुप सुरु गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

देश पुरै कोरोनाको महामारी कसरी रोक्ने भन्ने विषयमा केन्द्रित हुनु पर्ने बेला सातै प्रदेशका प्रमुखहरु भने सेवा सुविधा र हैसियत बढाउनका लागि दौधडधूपमा व्यस्त भएका छन् ।

यसै विषयलाई प्राथमिकताका साथ छाप्दै आजको अन्नपूर्ण पोस्ट्ले राजनीतिक दौडधूपमा सातै प्रदेश प्रमुख शीर्षकमा खबर छापेको छ । प्रदेशका प्रमुखहरु सेवासुविधा बढाउन लागि राष्ट्रपति, प्रधानमन्त्री र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।

अन्नपूर्णले लेखेको छ– सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्।

आवास, कार्यालय, निजी सचिवालयको सेवासुविधा विस्तार गर्नुपर्ने उनीहरूका मुख्य माग छन्। प्रदेश प्रमुखको ‘प्रोटोकल’ मिलाउन पनि उनीहरूले शीर्ष नेतृत्वको ध्यानाकर्षण गरेका छन्। त्यसका लागि प्रमुखहरूले ७ बुँदे ध्यानाकर्षणपत्र विभिन्न दलका प्रमुखदेखि केन्द्र सरकारका प्रमुखसम्मलाई बुझाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै भेटी आफ्ना समस्या सुनाउने र समाधान खोज्ने उद्देश्यले उनीहरू काठमाडौंमा छन्। प्रदेश प्रमुखहरूको दौडधूप आइतबार दिनभर जारी थियो।

प्रकाशित: Mar 16, 2020| 01:17 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।