बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना जाेखिम न्यूनीकरणका लागि सार्कस्तरीय छलफल : कसले के भने ?

कोरोना जाेखिम न्यूनीकरणका लागि सार्कस्तरीय छलफल : कसले के भने ?

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार तथा राष्ट्रप्रमुख र मन्त्रीहरूबीच कोरोनो भाइरस (कोभिड–१९) विरुद्ध लड्नेबारे साझा धारणा बनाउन छलफल भएको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार तथा राष्ट्रप्रमुख र मन्त्रीहरूबीच कोरोनो भाइरस (कोभिड–१९) विरुद्ध लड्नेबारे साझा धारणा बनाउन छलफल भएको छ।

triton college

भिडियो कन्फ्रेन्समार्फत् दक्षिण एसिायली क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन र नियन्त्रण गर्न सार्क राष्ट्रबीच छलफल भएको हो।

छलफलको पहल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। छलफलमा मोदीले ‘कोभिड–१९ इमर्जेन्सी फण्ड’ स्थापना गर्ने अवधारणा अघि सारेका छन्। भिडियोमार्फत् सम्बोधन गर्दै उनले त्यस्तो फण्डमा १० मिलियन अमेरिकी डलर भारत सरकारले जम्मा गर्ने घोषणा गरे।

छलफलका क्रममा सार्क राष्ट्र प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरूले राखेको विचारको सम्पादित अंश :

केपी शर्मा ओली
प्रधानमन्त्री, नेपाल

corrent noodles
Metro Mart

यो अग्रसरताको लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिन्छु। मेरो स्वास्थ्य लाभको लागि गर्नुभएको कामनाको लागि पनि यहाँहरू सबैप्रति आभारी छु। कोभिड–१९ नियन्त्रणको लागि हामी अत्यन्तै सचेत छौँ।

स्थानीय, प्रदेश र संघीय तीनै सरकारका पदाधिकारी यसमा गम्भीर भएर लागेका छौँ। विदेशीहरूको आवागमनलाई रोकेका छौँ। अत्यावश्यक रुपमा आउनुपर्नेलाई भिसा पाउन ‘हेल्थ सर्टिफिकेट’ अनिवार्य गरेका छौँ। श्रम स्वीकृती बन्द गरेका छौँ। प्रत्येक प्रदेशमा क्वारेन्टाईन बनाउने तयारी थालेका छौँ। स्वास्थ्य स्वयंसेवकलाई तालिम दिइरहेका छौँ। सम्पूर्ण सभा सम्मेलन तथा हिमाल आरोहण बन्द गरिएको छ।

नेपाल लगायत सार्क क्षेत्र कोभिड १९–को उच्च जोखिममा छ। यसलाई कम गर्नु हामी सबैको लागि चुनौती हो। जनचेतना फैलाउन अत्यन्तै आवश्यक छ। भीडभाडलाई जति सक्यो कम गरौँ। हात मिलाउनुको साटो नमस्ते गरौँ। म विश्वास गर्छु, हामीसँग भएका स्वास्थ्यकर्मी, ल्याब र विज्ञको टिमले यसको नियन्त्रणमा सफलता पाउनेछ।

नाका क्षेत्रका अस्पताल पनि कोभिड–१९ उपचारको लागि तयारी बनाउन जरुरी छ। ‘इमर्जेन्सी सार्क मेडिकल टिम’ बनाएर अगाडि बढौँ। ‘इमर्जेन्सी फण्ड’को लागि मोदी जीले राखेको प्रस्ताव स्वीकार्य छ। यसमा नेपालको पनि साथ छ।

लोट्ए छिरिङ
प्रधानमन्त्री, भुटान

काम विशेषले हाम्रो राजा उपस्थित हुन नसकेकोले उहाँको सन्देश बोकेर म आएको छु। मेरो देशका नागरिक र राजाको तर्फबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना।

सार्कको यो एकता र अग्रसरताको लागि भारतीय प्रधानमन्त्री मोदीलाई धेरै धन्यवाद। कोभिड–१९ नियन्त्रणका लागि हामीबीचको सञ्चार एकदमै आवश्यक छ। हाम्रो देशमा एक विदेशीमा देखिएको कोभिड–१९ का बिरामी संक्रमणमुक्त भएर स्वदेश फर्किएका छन्। म उनको दीघार्युको कामना गर्छु।

फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई मेरो विशेष धन्यवाद। इमर्जेन्सी फण्ड स्थापना गर्ने घोषणाको लागि पनि मोदीलाई धन्यवाद। यसमा भुटानको पनि साथ छ।

भविस्यमा आउने क्षतिलाई हाम्रो थोरै स्रोत साधनको प्रयोग गरेर अगाडि बढ्ने हिम्मत गर्नुपर्छ। स्वास्थ्य मन्त्रीहरुको एउटा टिम बनाएर अगाडि बढौँ।

यो बेला हामी सबै एक भएर अगाडि जरुरी छ। यसको चौतर्फी असरलाई ख्याल गर्दै हामी लागिपरेका छौँ। यसले साना अर्थतन्त्र भएको मुलुकलाई झन् पिरोल्ने छ। त्यसैले आर्थिक विषयमा पनि हाम्रो आवाज एक हुन जरुरी छ। फेरि पनि धन्यवाद– प्रधानमन्त्री मोदी।

डा. जफर मिर्जा
स्वास्थ्यमन्त्री, पाकिस्तान

सबैभन्दा पहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्छु।

पाकिस्तान कोभिड–१९ को प्रभाव फैलिन नदिन सचेत भएर लागिपरेको छ। जनताको स्वास्थ्यप्रति हामी अत्यन्तै सचेत छौँ। हवाई उडानलाई विशेष निगरानीमा राखेका छौँ। प्रधानमन्त्री इमरान खान यसमा अत्यन्तै सचेत हुनुहुन्छ। सुरक्षा निकाय पनि कोभिड–१९ नियन्त्रणका लागि लागेका छन्।

शैक्षिक संस्था तीन हप्तालाई बन्द गरिएको छ। सम्पूर्ण नाकामा कडाई गरिएको छ। भीडभाड हुने कार्यक्रमहरू बन्द गरिएको छ। मूख्य नाका बन्द गरेका छौँ।

अरु देश र क्षेत्रको अनुभवबाट हामीले सिक्न सक्छौँ। राष्ट्रको विकासमा पनि यसले असर पार्न सक्छ। राष्ट्रिय तथा स्थानीय तहहरु मिलेर अगाडि बढिरहेका छौँ। सार्क मिलेर जानुपर्छ। तथ्यांक साटफेर र तुरुन्तै सञ्चार हुने खालको सार्कको एउटा टीम बनाउन जरुरी छ।

सार्क स्वास्थ्य मन्त्रीको बैठकका लागि मेरो विशेष अनुरोध छ। हामी मिलेर अगाडि बढे पक्कै पनि यसबाट अगाडि बढ्न सक्छौँ।
एकदमै राम्रो छलफल भयो। यो सार्कको लागि अत्यन्तै आवश्यक छ। संकट आएर शुरु गर्नुभन्दा अहिले नै सबै तरिकाले सचेत भएर लागौँ।

कोभिड–१९ नियन्त्रण र रोकथामको लागि हामी सबैसँग भएका प्रवधि, अनुभव, पूर्वाधार मिलेर चलाऔँ।
जनताको स्वास्थ्यलाई प्राथमिकता दिउँ। सञ्चारको सही प्रयोग र औषधिको उचित वितरण गरेर सबै अगाडि बढौँ। सबैलाई धन्यवाद।

नरेन्द्र मोदी
प्रधानमन्त्री, भारत

सबैलाई धन्यवाद। हामीले एकदमै गाह्रो समय गुजारिरहेका छौँ। महामारीले भोलि कस्तो रुप लिन्छ थाहा छैन। स्पष्ट छ की हामी मिलेर अगाडि बढ्नुको विकल्प छैन। तयारी जरुरी छ।

कोभिड–१९ इमर्जेन्सी फण्ड बनाउन प्रस्ताव गर्छु। यसको लागि भारतले १० मिलियन अमेरिकी डलर दिने घोषणा गर्छु। तत्काल रेस्पोन्स गर्ने टीम बनाऔँ। जुन टिम जतिबेला पनि जहाँको लागि पनि तयारी अवस्थामा रहोस्।

हामीले ‘अनलाइन ट्रेनिङ क्याप्सुल’ पनि बनाइरहका छौँ। हामीले एकीकृत ‘सर्भिलेन्स पोर्टल’ बनाइरहेका छौँ। त्यो हामी सबै मिलेर प्रयोग गरौँ।
अहिले भइरहेका पूर्वाधारको पनि अधिकतम प्रयोग गरौँ। नियन्त्रणको लागि पनि तयारी गरौँ। विज्ञबाट पनि हामीले यसले दीर्घकालीन प्रभावको अध्ययन थालौँ र अगाडि बढौँ। यो महामारी पहिलो पनि होइन र अन्तिम पनि होइन। यसले हाम्रो समाज र अर्थतन्त्रमा पर्नसक्ने प्रभावलाई आंकलन गरेर हामी अगाडि बढ्नुको विकल्प छैन।

सबैसँग अत्यन्तै राम्रो छलफल भयो। यसमा हामी एक भयौँ। ज्ञान, अनुभव प्रविधि सबै बाँड्न तयार भयौँ। अब मिलेर काम गरौँ। साझा धारणा बनाएर अघि बढौँ। अर्को हप्तामा फेरि छलफल गरौँ। मिलेर लड्ने र जित्ने नै अहिलको उद्देश्य हुनुपर्छ। हाम्रो एकता विश्वलाई उदाहरण बनोस्। सबैको सुस्वास्थ्य र दीर्घायुको कामना गर्छु।

असरफ घानी
राष्ट्रपति, अफगानिस्थान

हामी अत्यन्तै अप्ठ्यारो परिस्थितमा पुग्न लागेका छौँ। तर, सबै एक भएर अगाडि बढ्यौँ भने यो खासै ठूलो समस्या होइन। चीनबाट हामीले सिक्नुपर्ने धेरै छ। अमेरिका र इरान पनि जुधिरहेका छन्। हामी एक भएर लड्यौँ भने नियन्त्रणमा झन् सजिलो हुनेछ। अत्यावश्यक सामग्रीको आपूर्तिमा पनि हामी सबैको एक आवाज हुन जरुरी छ।

इब्रिम महोम्मद सोलिही
राष्ट्रपति, माल्दिभ्स

इमर्जेन्सी फन्डको लागि मोदीको प्रस्तावको सह्राना गर्छु। यसमा हाम्रो साथ छ। पर्यटकीय देश भए पनि कोभिड–१९ महामारी फैलिन नदिन पर्यटक आवागमनालाई रोकेका छौँ।

अर्थतन्त्रलाई यसले प्रत्यक्ष असर पार्नेछ। जनताको स्वास्थ्य सेवालाई पहिलो प्राथमिता दिएका छौँ।
अहिले सार्कका राष्ट्रहरू नजिक भएर अगाडि बढ्नुको विकल्प छैन। क्षेत्रीय हातेमालोले हामी सबैलाई फाइदा हुनेछ। छिटो र दीर्घकालीन निरुपण अहिलेको आवश्यकता हो।

गोटाबाया राजापाक्षे
राष्ट्रपति, श्रीलंका

मोदी र आफ्नो भनाइ राख्ने सबैलाई धन्यवाद। जोडिएका राष्ट्र भएकोले हामी सबैलाई कोभिड–१९ को खतरा छ। यसको रोकथाम र नियन्त्रणको लागि पनि हामी जोडिनुपर्छ। यो प्रयासको लागि म अत्यतै खुशी छु।

अहिलेको अवस्था हामी मिल्नु नै हो। मिलेर जानु अत्यन्तै आवश्यक छ। अहिलेमात्रै नभएर भविष्यमा पनि यस्ता संकटसँग जुध्न हामी मिलेर जानुको विकल्प छैन। सूचना सञ्चार गर्न र केही निर्णय लिन पनि एउटा सञ्चार केन्द्र बनाउन आवश्यक देखेको छु।

शेख हसिना
प्रधानमन्त्री, बाङ्ग्लादेश

धन्यवाद मोदीलाई। यसको प्रकोपलाई कम गर्न लागिपरेका छौँ। विश्व निकै सानो भइसकेको छ। सार्क त झनै सानो छ। हामी सबै सार्क राष्ट्र मिलेर अगाडि बढ्यौँ भने फाइदा हामीलाई नै हो।

हामी सबैसँग भएका विज्ञलाई पनि समावेश गरेर काम गर्नुपर्छ। मिलेर काम गरेपछि हामी प्रकोपबाट बाहिर निस्कन सक्छौँ। यो क्षेत्रका जनताको सुरक्षाको लागि एक हुनै पर्छ। मिलेर काम गर्नुको विकल्प छैन। अरु राष्ट्रको अग्रसरतामा बाङ्लादेशकको सधैं साथ रहन्छ। यस्ता छलफल निरन्तर होस् भन्न चाहन्छु। सबैलाई धन्यवाद।

प्रकाशित: Mar 15, 2020| 14:21 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।