बिहीबार, वैशाख ६, २०८१

महानगरको मास्क : गुणस्तरभन्दा अभाव पूर्तिमा ध्यान

संयोजक राजु महर्जन भन्छन्, ‘यतिबेला गुणस्तर भन्दा पनि मास्कको पूर्ति गर्नु ठुलो कुरा भएको छ।’
 |  आइतबार, चैत २, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, चैत २, २०७६

ललितपुर- लतितपुरकी सुस्मा महर्जन केही दिनयता मास्क बनाउन तल्लीन छिन्। उनलाई ललितपुर महानगरपालिकाको समाज कल्याण परिषदमा पुगी मास्क बनाउन चटारो छ।

triton college

परिषदमा विगत केही दिनदेखि महिलाहरुको एउटा समूह मास्क बनाउन लागिपरेको छ। आइतबार परिषद् पुग्दा केही महिलाहरु सुतीको सेतो कपडा काट्दै थिए भने केहीले मेशिनमा सिलाउँदै थिए। केही महिलाहरु भने निर्माण गरिएको मास्कमा आइरन लगाउने र प्याकिङ गर्ने काममा व्यस्त थिए।

कोरोना भाइरसका त्रासका कारण बढ्दो मास्कको अभाव पूर्ति गर्न ललितपुर महानगरपालिकाले आफैले तालिम दिएर उत्पादन सुरु गरेको हो। दैनिक १५–१६ जना महिलाले मास्क उत्पादन गर्दै आएका छन्।

महानगर अन्तर्गतका २९ वटै वडाका महिलाहरुलाई सहभागी गराई प्रशिक्षण दिइएको मास्क निर्माण संयोजक राजु महर्जन बताउँछन्।
सुष्मा आफैले बनाएको मास्क लगाउँदै दंग पर्दै थिइन्, केही वर्षदेखि सिलाई पेशामै रहेकी भए पनि उनलाई मास्क बनाउन आउँदैनथ्यो।

सुरुका दिनमा केही अलमल परे पनि बानी परेपछि दैनिक ४० भन्दा बढी बनाउन सकिने सुष्मा बताउँछिन्।

corrent noodles
Metro Mart

मास्क सिलाईको प्रशिक्षण दिएकी कल्पना शाक्यका अनुसार यसरी तयार गरिएको मास्कले कोरोनाको संक्रमण रोक्ने नभई काठमाडौंको धुलो र फोहोरलाई श्वासप्रश्वासका माध्यमबाट शरीरभित्र जान रोक्नेछ।

कल्पना भन्छिन्, ‘सर्जिकल मास्क जस्तो नभए पनि यसप्रकारको मास्कले केही राहत दिन्छ, हुँदै नहुनुभन्दा थोरै भएपनि बाहिरी प्रदुषण जोगाउँछ।’

एउटा मास्क निर्माण गर्न करिब १० मिनेट लाग्ने र एक मिटर कपडाबाट १३ देखि १५ वटासम्म मास्क बनाउन सकिने कल्पनाको अनुभव छ।

यो मास्क निर्माण गुणस्तर भन्दा पनि अभाव टार्नको लागि केन्द्रित भएको छ। संयोजक राजु महर्जन भन्छन्, ‘यतिबेला गुणस्तर भन्दा पनि मास्कको पूर्ति गर्नु ठुलो कुरा भएको छ।’ पहिलो चरणमा सबै वडाका व्यक्तिहरुलाई प्रशिक्षण दिने र त्यसपछि विज्ञहरुसँग छलफल गरी गुणस्तरीय मास्क निर्माण गर्ने लक्ष्य रहेको महर्जन बताउँछन्।

महानगरपालिकाले दिएको प्रशिक्षणबाट प्रत्येकले आफ्नो वडामा मास्क उत्पादन गर्ने र मास्कको अभाव टार्न सकिने संयोजक महर्जनको भनाइ छ।

महानगरले उत्पादन गरेको मास्क प्रतिगोटा ७ रुपैँयामा पाईन्छ। उनका अनुसार स्थानीय बजारमा नजिकैका औषधि पल वा अन्य कुनै माध्यमबाट यी मास्क पुर्याइनेछ। साथै महानगरले स्यानिटाइजर उत्पादनमा पहल गरिरहेको महर्जनले बताए।

तस्बिरहरु : दिनेश श्रेष्ठ

प्रकाशित: Mar 15, 2020| 12:49 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।