शुक्रबार, वैशाख ७, २०८१

एसईई परीक्षामा प्रदेश २ बाट ७२ हजार विद्यार्थी

आगामी ६ गतेदेखि देशभर सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश २ बाट ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुने भएका छन्।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

जनकपुरधाम- आगामी ६ गतेदेखि देशभर सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश २ बाट ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुने भएका छन्।

triton college

यस वर्ष सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट ७ हजार ७०५ परीक्षार्थी सहभागी हुँदैछन्।

गत वर्षको एसइईमा पनि धनुषाबाट सबैभन्दा बढी र रौतहटबाट सबैभन्दा कम परीक्षार्थी सहभागी भएका थिए।

जनकपुरस्थित प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार सप्तरीबाट ९ हजार १४०, सिरहाबाट १० हजार १३१, महोत्तरीबाट ८ हजार ३२९, सर्लाहीबाट १० हजार ५८, बाराबाट ८ हजार २४ र पर्साबाट ८ हजार ५९ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्।

प्रदेश २ को आठ जिल्लामा एसईई सञ्चालन गर्न कूल २६७ परीक्षा केन्द्र तोकिएको छ। जसमध्ये सबैभन्दा बढी धनुषामा ४३ र सबैभन्दा कम पर्सामा २४ परीक्षा केन्द्र कायम गरिएको निर्देशनालयका निर्देशक चुडामणि फुँयालले जानकारी दिए।

corrent noodles
Metro Mart

यसैगरी सप्तरीमा ३४, सिरहामा ३९, महोत्तरीमा ३०, सर्लाहीमा ३५, रौतहटमा ३० र बारामा ३२ परीक्षा केन्द्र तोकिएको उनले बताए। परीक्षालाई मर्यादित बनाउन केन्द्र तोकिएका सबै विद्यालयलाई पत्राचार गरिने निर्देशक फुँयालले बताए।

गत वर्ष प्रदेश २ मा परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको थियो। प्रश्नपत्र बारिएपछि एसइई स्थगित भएको थियो।

प्रकाशित: Mar 15, 2020| 12:31 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्