शुक्रबार, वैशाख ७, २०८१

सांसदले नै ‘ब्ल्याक’ मा मास्क किन्नु परेपछि ...

कोरोनाको त्रास बढ्दै गएपछि बजारमा मास्क र सेनिटाइजरको अभाव देखिएको छ । जनकपुरका औषधि पसलमा पनि मास्क र सेनिटाइजर पाइँदैन।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

जनकपुरधाम– विश्वभर अहिले कोरोना भाइरस (कोभिड–१९) को त्रास छ। नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। कोरोनाको संक्रमणबाट जोगिन हरेक व्यक्ति विभिन्न उपाय अपनाइरहेका छन् । भाइरस संक्रमणको जोखिमबाट जोगिन मास्क लगाउनुपर्ने, सेनिटाइजरी प्रयोग गर्नुपर्ने तथा भिडभाडबाट बच्नुपर्ने सुझाव चिकित्सकहरुले दिँदै आएका छन्।

triton college

कोरोनाको त्रास बढ्दै गएपछि बजारमा मास्क र सेनिटाइजरको अभाव देखिएको छ । जनकपुरका औषधि पसलमा पनि मास्क र सेनिटाइजर पाइँदैन।

प्रदेश सभाका सांसदहरुले समेत ‘ब्ल्याक’ मा मास्क किन्नुपरेको गुनासो गरेका छन्। ‘कोरोनाको मौका छोपेर मास्कको कालाबजारी भइरहेको छ,’ आइतबार प्रदेशसभा बैठकमा प्रदेश सांसद सरस्वती चौधरीले भनिन्, ‘मैले स्वयं ‘ब्ल्याक’ मा मास्क खरिद गर्नुपरेको छ । पाँच रुपैयाँ पर्ने एउटा मास्क ६५ रुपैयाँ तिरेर किनेको छु । हिजोमात्र मेरो छोराले १९५ रुपैयाँमा तीनवटा मास्क किनेर ल्याएको छ ।’

चौधरीले थपिन्, ‘अहिले कोरोनाको सन्त्रास बढिरहेको बेला सर्वसाधारणलाई मास्क र सेनिटाइजरजस्ता आवश्यक कुराको सहज आपूर्ति गराउने काम सरकारको होइन र ? तर, प्रदेश सरकार चुप लागेर बसेको छ।’ कोरोनाको बहानामा अहिले बजारमा कालाबजारी बढेको भए पनि नियन्त्रण गर्नतर्फ सरकार गम्भीर नभएको उनको आरोप थियो ।

अर्की सांसद डा.रीना यादवले कोरोना संक्रमणलाई विश्वले महामारी घोषणा गरिसके पनि प्रदेश सरकारको तर्फबाट हालसम्म सामान्य सन्देशसमेत आउन नसकेको भन्दै सरकारको आलोचना गरिन् ।

corrent noodles
Metro Mart

‘विश्वले कोरोनालाई महामारी घोषणा गरिसकेको छ, यसबाट जनतालाई जोगाउन प्रदेश सरकारले गरेको तयारीबारे कसैलाई केही जानकारी छैन,’ यादवले भनिन्, ‘मच्छर नियन्त्रणको लागि काम गर्न नसक्ने सरकारले कोरोनाको लागि के नै गर्न सक्छ ?’

कोरोनाको नाममा ग्यास तथा खाद्यान्नको समेत कालाबजारी सुरु भइसकेको सांसद रानी शर्मा तिवारीले बताइन्। बजारमा अतिआवश्यक वस्तुहरुको कालोबजारी भइरहेपनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको उनको भनाइ थियो। कोरोनाबाट जोगिन कुनै पहलकदमी गर्न नसकेको प्रदेश सरकारले कालाबजारी रोक्नसमेत ध्यान दिन नसकेको शर्माले आरोप लगाइन् ।

‘प्रदेश २ सम्म कोरोना आइपुगेको अहिले पुष्टि हुन बाँकी छ,’ सांसद शर्माले भनिन्, ‘कोरोना भाइरसले पछि समस्या गर्ला, तर कालाबजारीका कारण जनता अहिले नै महँगीको मारमा परिसकेका छन् । यसलाई रोक्नतर्फ अविलम्ब सरकारको ध्यान पुगोस् ।’

प्रकाशित: Mar 15, 2020| 11:29 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।