शुक्रबार, वैशाख १४, २०८१

१४ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेता घोषणा

 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (टोयोटा) ले १४ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका भाग्यशाली विजेताहरुको नामावली घोषणा गरेको छ । १३ मार्च २०२० मा भोईथ कम्प्लेक्समा आयोजना गरिएको उक्त समारोहमा विजेताहरुलाई पुरस्कार र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो ।

triton college

डिसेम्बर २०१९ देखि फेबु्रअरी २०२० सम्म संचालन भएको यस कला प्रतियोगितामा ३० वटा विभिन्न विद्यालयहरुबाट १००० भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

तीमध्ये प्रत्येक विधाका शीर्ष ३ कलाकृतिहरु विजेताको रुपमा चयन गरिएको थियो, जुन जापानमा आयोजना गरिने वल्र्ड कन्टेष्ट २०२१ का लागि नेपालको प्रतिनिधित्व गर्दै प्रवेश गर्न सफल भएका थिए ।

सन् २००४ देखि संचालन हुँदै आएको यस कला प्रतियोगिता टोयोटाको सामाजिक योगदानको एक प्रमुख हिस्साका रुपमा झल्किँदै आएको छ । सन् २०१९मा मात्र विश्वभरका ८६ मुलुक र क्षेत्रहरुबाट ९५०,००० कलाकृति आएका थिए ।

प्रकाशित: Mar 15, 2020| 09:42 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्