बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ मा १७५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा प्रदेश १ का १ सय ७५ स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन्।
 |  बुधबार, भदौ २३, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, भदौ २३, २०७८

विराटनगर– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा प्रदेश १ का १ सय ७५ स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन्। १४ जिल्लाबाट निर्वाचित एमालेका ३ हजार २ सय ५१ स्थानीय जनप्रतिनिधि मध्ये ५ दशमलव २६ प्रतिशतले विभाजनको पक्षमा सनाखत गरेका हुन्।

triton college

राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याइएको अध्यादेश २०७८ बमोजिम विभाजित दल रोज्न भदौ २२ गते साँझ ५ बजे सम्मको अवधिमा १० जना प्रदेशसभा सदस्य र १ सय ७५ स्थानीय तहका जनप्रतिनिधिले समाजवादी रोजेका हुन्।

नेकपा एमालेबाट निर्वाचित खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र संखुवासभा जिसस प्रमुख सुमन शाक्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। ताप्लेजुङ, धनकुटा र इलाम जिल्ला समन्वय समितिका उपप्रमुखले पनि नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। इलाम जिससका उपप्रमुख चित्रकला बराइली, धनकुटाका उपपमुख बंगला राई र जिसस ताप्लेजुङका उपप्रमुख देवीमाया नेपालीले समाजवादी रोजेका हुन्।

२ नरपालिकाका प्रमुख र २ उपप्रमुख, ३ गाउँपालिका अध्यक्ष र ३ उपाध्यक्ष एमाले छाडेर समाजवादीमा लागेका छन्। प्रदेश १ का विभिन्न स्थानीय निकायका ३४ जना वडाध्यक्ष एमाले छोडेर विभाजनको पक्षमा लागेका छन्। ताप्लेजुङबाट ५ जना वडाध्यक्षहरूसहित २१ जना एमाले जनप्रतिनिधिले पार्टी छोडेका हुन्।

१४ जिल्लाबाट निर्वाचित एमालेका ३ हजार २ सय ५१ स्थानीय जनप्रतिनिधि मध्ये ५ दशमलव २६ प्रतिशतले विभाजनको पक्षमा सनाखत गरेका हुन्।

पाँचथरमा २ वडाध्यक्षसहति ११ जना जनप्रतिनिधिले नयाँ दल रोजेका छन्। इलामको सूर्याेदय नगरपालिकाका प्रमुखसहित ९ जना वडाध्यक्ष र माइजोगमाई गाउँपालिका अध्यक्ष र एक जना वडाध्यक्षसहित इलामका ५८ जना जनप्रतिनिधिले नयाँ दल रोजेका छन्।

corrent noodles
Metro Mart

तेहृथुममा एक पालिका अध्यक्ष, एक वडाध्यक्षले एमाले छोडेर समाजवादीमा सनाखत गरेका छन्। धनकुटामा जिसस उप्रमुखसहित ८ जनाले एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरे। सनाखत गर्नेमा ३ वडाध्यक्ष र ४ जना वडा सदस्य छन्। भोजपुरबाट एक उपप्रमुखसहित ६ जना नयाँ पार्टीमा लागेका छन्। खोटाङ जिल्लामा जिसस प्रमुखसहित ११ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। सनाखत गर्नेमा एक वडाध्यक्ष र ७ जना वडा सदस्यहरू छन्।

उदयरपुरमा त्रियुगा नगरपालिकाका प्रमुख र उदयपुरगढी गाउँपालिकाका अध्यक्षसहित ५ जना वडाध्यक्ष र २१ जना सदस्यले एमाले छोडेर नयाँ पार्टीको पक्षमा सनाखत गरेका छन्। झापा, मोरङ र सुनसरीमा नेकपा एमालेको विभाजनको प्रभाव न्यून देखिएको छ। झापामा एक जिल्ला समन्वय समिति सदस्य पदम लिम्बू र एक वडाध्यक्षसहति ७ जनाले मात्र नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोजेका छन्। मोरङमा ४ वडाध्यक्ष र ४ वडासदस्यसहित ८ जनाले विभाजनको पक्षमा सनाखत गरेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिकाका कार्यपालिका सदस्य र स्थानीय तहका ५ जना वडा सदस्यसहित ६ जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन्। प्रदेशबाट ५ जना जिल्ला समन्वय समिति सदस्यहरूले एमाले छोडेर समाजवादीको पक्षमा सनाखत गरेका छन्।

प्रदेश १ मा जनता समाजवादी पार्टीबाट निर्वाचित कुनै पनि सदस्यले विभाजनपछि बनेको लोकतान्त्रिक समाजवादी पार्टी नरोजेको निर्वाचन कार्यालयले जनाएको छ।

ओखलढुङ्गामा एक जना कार्यपालिका सदस्यले मात्र एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। सोलुखुम्वुबाट कुनै पनि जनप्रतिनिधिले समाजवादी नरोजेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख नम्रता चुडालले जानकारी दिइन्।

प्रकाशित: Sep 08, 2021| 09:17 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।