काठमाडौं– विश्वभर कोरोना भाइरसको प्रकोप देखिएपछि यसको रोकथामका लागि सार्क राष्ट्रका प्रमुखहरूबीच आज (आइतबार) भिडियो वार्ता हुने भएको छ।
भिडियो वार्ता साँझ ५ बजे हुने बताइएको छ। भिडियो वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन्। उनी सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट भिडियो वार्तामा सहभागी हुने बताइएको छ।
गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरूलाई अपिल गरेका थिए।
वार्तामा नेपाल, पाकिस्तान, भारत, अफगानिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाका राष्ट्र प्रमुखहरू आफ्ना अनुभव र संक्रमण नियन्त्रणका उपायबारे छलफल गर्नेछन्।
कोरोना भाइरस संक्रमणका कारण भारतमादुई र पाकिस्तानमा एक जनाको मृत्यु भएको छ। नेपाललगायत अन्य सार्क सदस्य राष्ट्रहरूमा कोरोनाका बिरामी भेटिएका छन्।