शुक्रबार, वैशाख ७, २०८१

दुईवटा टिप्पर ठोक्किँदा एकजनाको मृत्यु

रुपन्देहीको देवदहमा दुईवटा टिप्पर ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

रुपन्देही- रुपन्देहीको देवदहमा दुईवटा टिप्पर ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

triton college

मृत्यु हुनेमा मायादेवी गाउँपालिका–४ गुड्डीकी ३५ वर्षीया सुनिता चौधरी छन्। दुर्घटनामा एकजना घाइते भएका छन्।

विपरित दिशाबाट आएका दुईवटा टिप्पर ठोक्किँदा दुर्घटना भएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतले बताए।

घोडाहा जंगल क्षेत्रमा पर्ने पूर्वपश्चिम लोकमार्गमा खैरेनीबाट भैरहवातर्फ जाँदै गरेको लु १ क २५८४ र बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु २ ख १२१८ नम्बरको टिप्पर एक आपसमा ठोक्किएका थिए। ठिप्पर ठोक्किएपछि पछाडि रहेको बा २० प ५५१६ नम्बरको कार पनि ठोक्किएको थियो।

घाइते भएका लु १ क २५८४ नम्बरको टिप्पर चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का ३७ वर्षिय कमलेश यादव र सोही टिप्परमा सवार मायादेवी गाउँपालिका–४ गुड्डीकी ३५ वर्षीया सुनिता चौधरीलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

दुर्घटनापछि टिप्परमा फसेका यादव र चौधरीलाई ३ घण्टा लगाएर नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धार गरेको थियो। टिप्परमा च्यापिएका घाइतेलाई निकाल्न नसकेपछि ग्यास कटरले टिप्पर काटेर घाइतेको उद्धार गरिएको थियो।

प्रकाशित: Mar 14, 2020| 12:49 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।