काठमाडौं– अर्को वर्ष हुने कतार फिफा विश्वकप युरोपेली छनोट अन्तर्गत मंगलबार रातिको खेलमा विश्वविजेता फ्रान्सले सहज जित निकालेको छ।
फ्रान्सको घरेलु मैदानमा भएको खेलमा स्ट्राइकर एन्टोनी ग्रिजम्यानको दुई गोल सहयोगमा फ्रान्सले सहज जित निकालेको हो।
खेलका क्रममा फ्रान्सले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो। फ्रान्सको जितमा दुबै गोल ग्रिजम्यानले गरे। उनले २५ र ५३ मिनेटमा गोल गरेका थिए।
यो जितसँगै ६ खेलमा १२ अंक बनाएको फ्रान्स अपराजित रहँदै समूह डीको शीर्षस्थानमा छ। फिनल्यान्ड भने पाँच अंकका साठ तेस्रो स्थानमा छ।
यस्तै राति नै भएको समूह ‘डी’को खेलमा बोस्निया हर्जगोभिना र काजखस्तानले २–२ गोलको बराबरी खेले।
समान पाँच खेलबाट पाँच अंक बनाएको युक्रेनको पाँच अंक रहँदा क्रमशः दोस्रोस्थानमा छ। तीन अंक बनाएका बोस्निया र काजखस्तान क्रमशः चौथो र पाँचौ स्थानमा छन्।