बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • फेरि सर्‍यो सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ

फेरि सर्‍यो सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ

व्यक्ति हत्याको आरोप लागेका सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको शुक्रबार पनि सुनुवाइ हुन सकेन।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

काठमाडौं– व्यक्ति हत्याको आरोप लागेका सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको शुक्रबार पनि सुनुवाइ हुन सकेन। सर्वोच्च अदालतको संवैधानिक इजलासको पहिलो नम्बरको पेशी सूचीमा रहेको सापकोटाविरुद्धको मुद्दालाई ‘हेर्न नभ्याइने’ मा राखिएको हो।

triton college

शुक्रबारको इजलासमा ९ वटा मुद्दामात्र हेर्न भ्याइएको सर्वोच्चले जानकारी दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहित पाँच न्यायाधीश सम्मिलित संवैधानिक इजलाशमा सापकोटाको मुद्दा शुक्रबार २१ औं नम्बरमा पेशी थियो। जबकी इजलाशले शुक्रबार ९ वटा मुद्दामात्र हेर्न भ्याएको सर्वोच्चले जनाएको छ।

२०६९ सालदेखि सर्वोच्चमा विचराधीन उक्त मुद्दा पछिल्लो पटक २०७६ असार २५ गते सुनुवाइ हुँदै आदेश भएको थियो। सभामुख हुनुअघि उनको मुद्दा पेशीमा चढेर सत्य निरूपण तथा मेलमिलाप आयोगबाट फाइल मगाउने आदेश गरेको थियो। सर्वोच्चमा मुद्दा विचराधीन हुँदाहुँदै सापकोटा माघ १२ गते सभामुख चयन भएका थिए।

यसअघि माघ २२ गते उक्त मुद्दा पेशीमा चढे पनि हेर्न नभ्याइनेमा राखिएको थियो। सापकोटाविरुद्ध काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको अभियोगमा लामाको पत्नि पूर्णिमायाले दायर गरेको मुद्दा सर्वोच्चमा पुनरावेदन आएको थियो।

प्रकाशित: Mar 13, 2020| 09:05 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।