काठमाडौं– आर्सनलका म्यानेजर (प्रबन्धक) माइकल आर्टेटालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
आर्टेटालाई भाइरस संक्रमण देखिएपछि आर्सनल र ब्राइटनबीच शनिबार हुने भनिएको खेल स्थगित भएको छ। क्लबले तत्काल प्रशिक्षण रोकेर आर्टेटासँगै रहेका खेलाडी र कर्मचारीहरूलाई निगरानीमा राखेको छ।
“यो वास्तवमै निराशाजनक छ,” आर्टेटाले भने, “खराब महसुस गरिसकेपछि मैले परीक्षण गराएको हुँ। म अनुमति पाउनेबित्तिकै काममा फर्कन्छु।”