शुक्रबार, वैशाख ७, २०८१

प्राइम कमर्सियलमा गाभियो कैलाश विकास बैंक

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार शुरु गरेको छ ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार शुरु गरेको छ ।

triton college

गत असारमा भएको सम्झौताबमोजिम प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोवार थालेको हो । प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले एकीकृत कारोवार शुरु भएको घोषणा गरेका छन्। कार्यक्रममा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीको सहभागिता थियो ।

कैलाशको १०० कित्ता शेयर बराबर प्राइमको ९४ कित्ता शेयर रहने गरी समझदारी भएको थियो । नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राइमलाई एकीकृत कारोवार गर्न स्वीकृति दिएको थियो । कैलाशको प्राप्तिपश्चात् प्राइमको कूल चुक्ता पूँजी रु. १३ अर्ब ९७ करोड पुगेको छ ।

यस्तै कूल निक्षेप रु. एक खर्ब ३० अर्ब, ऋण लगानी रु. एक खर्ब १५ अर्ब पुगेको छ । यसैगरी शाखा सङ्ख्या १९९ र कर्मचारी सङ्ख्या एक हजार ५०० पुगेको छ ।

रासस

corrent noodles
Metro Mart

प्रकाशित: Mar 12, 2020| 10:30 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्