काठमाडौं- लम्जुङको पिपुल्स जलविद्युत् आयोजनाको टनेलमा ढुंगा लागेर एक जना इन्जिनियरको मृत्यु भएको छ।
दोर्दी गाउँपालिका–६ मा रहेको उक्त जलविद्युत आयोजनाको टनेल सफा गर्ने क्रममा दाङ तुल्सीपुरका २४ वर्षीय निरञ्जन बस्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र गुरुङले बुधबार राति टनेल सफा गर्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर बस्यालको ज्यान गएको जानकारी दिए।
ढुंगा लागेर गम्भीर घाइते भएका बस्यालको सामुदायिक अस्पताल बेसीसहरमा मृत्यु भएको थियो।