पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनताका विषयलाई लिएर आफूलाई फसाउन खोजिएको बताएका छन्।
गृह जिल्ला दाङ पुगेर फर्कने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहमा कार्यकर्तासँगको भेटमा महराले अदालतले आफूलाई दिएको सफाइ नागरिकप्रतिको सम्मान भएको बताए ।
“मलाई राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो,” उनले भने, “म माथि झुठो आरोप लगाइयो ।”
संसद सचिवालयमा कार्यररत रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको आरोप लागेका महराले हालैमात्र अदालतबाट सफाइ पाएका हुन्।
रासस