बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अदालतको आदेशविपरीत टुटल र पठाओको सेवा बन्द गर्न विभागको निर्देशन

अदालतको आदेशविपरीत टुटल र पठाओको सेवा बन्द गर्न विभागको निर्देशन

यातायात व्यवस्था विभागले अदालतको आदेशविपरीत राइड सेयरिङ कम्पनी टुटल र पठाओको सेवा अवरुद्ध हुने गरी सूचना प्रकाशित गरेको छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौं- यातायात व्यवस्था विभागले अदालतको आदेशविपरीत राइड सेयरिङ कम्पनी टुटल र पठाओको सेवा अवरुद्ध हुने गरी सूचना प्रकाशित गरेको छ।

triton college

विभागले 'निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुले विभिन्न माध्यमबाट आफुखुशी भाडा तोकी सार्वजनिक सवारीको रुपमा प्रयोग गरेको'  भन्दै बन्द गर्न सूचना जारी गरेको हो।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ को उपदफा १ बमोजिम कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने व्यवस्थाअनुसार, यस्ता सेवा रोक्न विभागले आग्रह गरेको छ।

विभागले उक्त निर्णय कडाइका साथ लागू गर्न र कसैले उल्लंघन गरेमा कार्बाही गरिने पनि जनाएको छ।

टुटल पठाओको सेवा रोक्न माग गर्दै ट्याक्सी व्यवसायीहरुले हालेको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत पाटनले गत माघमा सेवा रोक्न नहुने बरु नियमकानुन बनाएर नियमन गर्न सरकारका नाममा आदेश दिएको थियो।

corrent noodles
Metro Mart

टुटल र पठाओले सर्वसाधारणलाई सुलभ यातायात सेवा उपलब्ध गराउन थालेपछि त्यसविरुद्ध ट्याक्सी व्यवसायीहरुरले सरकारलाई दबाब दिने लगायतका काम गर्दै आएका छन्।

व्यवसायीकै दबाबमा परेर गत वर्ष माघमा पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोकेको भन्दै टुटल र पठाओका मोटरसाइकललाई कारवाही गरेको थियो।

उक्त कारवाहीको सर्वसाधारणबाट चर्को अलोचना भएपछि प्रधानमन्त्रीले टुटल र पठाओलाई कारवाही नगर्न ठाडो आदेश दिएका थिए।

गत मंसीरमा पनि यातायात व्यवस्था विभागले सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको थियो।

तर, यातायात मन्त्री वसन्त नेम्वाङले  कानुन नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन विभागलाई निर्देशन दिएका थिए।

सरकारले राइड सेयरिङ् सेवा सम्वन्धी कानून बनाएर नियमन  गर्ने बताए पनि अहिलेसम्म त्यस्तो कानून बनेको छैन। न त पूर्व घोषणा अनुसार कार्यविधि नै तयार पारेको छ।

विश्वभर प्रचलित राइड सेयरिङ् सेवासम्बन्धी कानुन बनाइ सेवा सञ्चालनमा सहजता ल्याउन स्वयम् टूटल र पठाओले पनि माग गरिरहेका छन्।

नेपालमा राड सेयरिङ् करिब तीन वर्ष अघिदेखि सुरु भएको हो।

प्रकाशित: Mar 11, 2020| 08:10 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।