बेइजिङ– गत डिसेम्बरमा चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण ११५ भन्दा बढी देशमा फैलिइसकेको छ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार अहिलेसम्म यसबाट चार हजार दुई सयको ज्यान गइसकेको छ। यसबाट एक लाख १५ हजार आठ सयभन्दा बढी संक्रमित छन्।
कोरोनाबाट संक्रमणका आधारमा ११ देश बढी प्रभावित छन्। यसमा चीन सबैभन्दा अघि छ। त्यसपछि क्रमशः इटाली, इरान, दक्षिण कोरिया, जर्मनी, जापान, स्पेन फ्रान्स, अमेरिका, बेलायत र नेदरल्यान्ड प्रभावित छन्।
कहाँ कति?
देश संक्रमित मृतक
चीन ८०७७८ ३१५८
इटाली १०१४९ ६३१
इरान ८०४२ २९१
द. कोरिया ७७५५ ६०
जर्मनी १२९६ २
जापान १२६४ १९
स्पेन १२०४ २८
फ्रान्स १११६ ३०
अमेरिका १००० ३१
बेलायत ३८२ ६
नेदरल्यान्ड ३८२ ४