बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • टिप्परको ठक्करबाट महिलाको ज्यान गयो, आफन्तले गरे राजमार्ग अवरुद्ध

टिप्परको ठक्करबाट महिलाको ज्यान गयो, आफन्तले गरे राजमार्ग अवरुद्ध

बाँकेको कोहलपुरमा टिप्परको ठक्करबाट महिलाको ज्यान गएपछि आक्रोशित स्थानीय र आफन्तले कोहलपुर–नेपालगन्ज सडक अवरुद्ध पारेका छन्।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

नेपालगन्ज– बाँकेको कोहलपुरमा टिप्परको ठक्करबाट महिलाको ज्यान गएपछि आक्रोशित स्थानीय र आफन्तले कोहलपुर–नेपालगन्ज सडक अवरुद्ध पारेका छन्।

triton college

कोहलपुर नगरपालिका–९, झन्डहवा चोकमा रा१ख २१८८ नम्बरको टिप्परको ठक्करबाट ४२ वर्षीया रामपति थारूको ज्यान गएपछि उनीहरुले सडक अवरुद्ध पारेका हुन्।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले टिप्परको ठक्करबाट घाइते रामपतिको नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा पु¥याउनेबित्तिकै ज्यान गएको जानकारी दिए। उनका अनुसार रामपति साइकलमा मेडरोडबाट घरतर्फ गइरहेको बेला शाखा रोडबाट मेनरोडतर्फ आइरहेको टिप्परले ठक्कर दिएको थियो।

रामपतिको मृत्युपछि आक्रोसित स्थानीयले ठक्कर दिने टिप्परमा आगो लगाउन खोजेको प्रहरीले जनाएको छ। टिप्पर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेपछि आवतजावतमा समस्या भएको छ।

corrent noodles
Metro Mart

 

प्रकाशित: Mar 11, 2020| 06:36 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।