तनहुँ– जिल्लाको बन्दीपुर गाउँपालिका–५, कोरिखामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नम्बरको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।
ज्यान गुमाउनेमा ट्याक्टर चालक गोरखा, पालुङटार नगरपालिका–७, च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँ पुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
सडकबाट १५० मिटर तल ट्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।