काठमाडौं - नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा राधेश्याम अधिकारी मनोनयन भएका छन्। मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा राष्ट्रिय सभा सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम देउवाले अधिकारीलाई मनोनयन गरेका हुन्।