काठमाडौं– लेबनानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित एकजनाको मृत्यु भएको छ । मृत्यु भएका ५६ वर्षीय नागरिक हालै इजिप्टबाट फर्किएको अरबियन बिजनेस न्यूजले जनाएको छ ।
लेबनानमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । हालसम्म त्यहाँ ४१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।