काठमाडौं– पर्सा जिल्ला अदालतबाट कैद सजाय सुनाइएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालतबाट कात्तिक २९ गते ३ वर्ष ९ महिना ३१ दिन कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएका लागू औषध गाँजा र चरेश मुद्दाका फरार प्रतिवादी पर्सा जिराभवानी गाउँपालिका–३ का ४५ वर्षीय किशोरी राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो।
फरार प्रतिवादी पक्राउ गर्न गठन गरिएको प्रहरी टोलीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।