बिहीबार, वैशाख १३, २०८१

रौतहटबाट हतियारसहित दुईजना पक्राउ

प्रहरीले रौतहटबाट दुईजनालाई हतियारसहित पक्राउ गरेको छ ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

जनकपुरधाम– प्रहरीले रौतहटबाट दुईजनालाई हतियारसहित पक्राउ गरेको छ ।

triton college

पक्राउ पर्नेहरुमा सर्लाही धनकौला गाउँपालिका–६ छोटौल बैरिया टोल बस्ने २६ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २१ वर्षीय जयनारायण राम रहेको प्रहरीले जनाएको छ ।

रौतहटको गरुडा प्रहरी कार्यालयबाट खटेको टोलीले दुबैजनालाई गढीमाई नगरपालिका–६ धरमपुरस्थित बागमती पुल नजिकबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई सोमबार राति पक्राउ गरेको जनाइएको छ ।

बीआर ३० यू ८३८२ नम्बरको मोटरसाइकल चढेर हतियारसहित दुईजना मानिसहरु आइरहेको विशेष सूचनाको आधारमा गरुडा प्रहरी कार्यालयका इन्चार्ज डीएसपी ज्ञानकुमार महतो नेतृत्वको टोली घेरा हालेर बसेको थियो ।

सडकबाट आवतजावत गर्ने मोटरसाइकलहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरु हतियारसहित पक्राउ परेको गरुडा प्रहरी कार्यालयका इन्चार्ज महतोले जानकारी दिए ।

corrent noodles
Metro Mart

चेकजाँचको क्रममा राजेशको साथबाट एकथान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउण्ड गोली तथा जयनारायणको साथबाट एक राउण्ड गोली बरामद भएको डीएसपी महतोले बताए ।

पक्राउ परेका दुबैजनालाई गरुडा प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Mar 10, 2020| 06:56 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।