काठमाडौं– मोरङमा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन्। विराटनगर महानगरपालिका–१२ मलङवा बस्ने ७२ वर्षाी परण रिसिदेवले ७० वर्षीया श्रीमती सगुत्री रिसिदेवको हत्या गरेको प्रहरीले बताएको छ।
प्रहरीले परण रिसिदेवलाई सोमबार दिउँसो पक्राउ गरेको छ। परणले घरायसी विवादका क्रममा सगुत्रीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।