बिहीबार, वैशाख ६, २०८१

लेकसाइडमै पर्यटक कम

विगत वर्षमा प्रहरी प्रशासनलाई नै निकै हम्मे पर्थ्यो होलीमा लेकसाइडको भीडलाई शान्त पार्न । शान्ति सुरक्षाका लागि प्रहरीको सतर्कता उत्तिकै रहन्थ्यो ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

पोखरा हरेक उत्सवमा रमाउने शहर हो । पर्यटकीय शहर भएकाले पनि हरेक पर्वमा उस्तै रौनक थपिन्छ पोखरामा । विशेष गरी फागु पूर्णिमामा लेकसाइडमा विदेशी पर्यटक होलीको रङसँग रमाएको दृश्य निकै हेर्न लायक हुन्थ्यो । पर्यटन व्यवसायीले आयोजना गर्ने होली कार्यक्रमले विशेष उत्सव थप्ने गर्दथ्यो । पोखरेली विभिन्न ठाउँबाट लेकसाइडको होलीमा मिसिन्थे र झनै रमाइलो वातावरण सिर्जना गर्थे । यसपाली पोखराको फेवाताल किनार लगायतका पर्यटकीय क्षेत्र रङविहीन बन्यो ।

triton college

पोखरा मात्रै होइन देशका कुनै पनि स्थानमा होलीको रौनक विगत वर्ष जस्तो हुन सकेन । विश्वभरि फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन पूर्वतयारी सतर्कताअनुसार सरकारले होलीमा पानीमा नभिज्ने, रङबाट जोगिन भीडभाडबाट टाढा रहन सतर्क गराएकाले पनि यस वर्षको होलीबाट धेरै टाढा नै बसे ।

विगत वर्षमा प्रहरी प्रशासनलाई नै निकै हम्मे पर्थ्यो होलीमा लेकसाइडको भीडलाई शान्त पार्न । शान्ति सुरक्षाका लागि प्रहरीको सतर्कता उत्तिकै रहन्थ्यो । यस वर्ष भने युवाको जमातमा होलीका रङ र लोला सडकमा देखिएनन् । सवारी साधनको चाप पनि थिएन । कास्कीका ट्राफिक प्रहरी प्रमुख सन्तोष रोकाले यो वर्ष उच्छृखङ्लरुपमा सवारी साधन चलाउने त्यति नभएको बताए ।

“अघिल्ला वर्ष ट्राफिक नियमविपरीत साधन चलाउने, हल्ला बढी गर्ने, बाइकको मोडिफाइ, चर्को हर्न बजाउने बढी हुन्थे अहिले त्यस्तो भएन, मापसे गरेका २०, २२ जनालाई नियन्त्रणमा लिएका छौँ ।” अहिले कोरोनाको त्रास र प्रशासनको निर्देशनले पनि पोखरामा होलीको प्रभाव कम भएको उनको भनाइ थियो ।

लेकसाइडका बाटामा सदावहार देखिने विदेशी पर्यटक अहिले देखिँदैनन् । टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले विदेशी पर्यटकले निकै रुचाउने नेपाली पर्वमध्ये होली पनि एक भएको बताए । “भाइटीका, असार पन्ध्र र होलीमा पोखरा आएका विदेशी पर्यटक विशेष रमाउने गर्थे तर यो वर्ष होली उत्सवमय बनेन,” पोखराको पर्यटन क्षेत्रमा अहिलेको जस्तो सङ्क्रमणको अवस्था यसअघि भोग्नु नपरेको उनको भनाइ थियो ।

corrent noodles
Metro Mart

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले स्वास्थ्य सर्तकतालाई ध्यान दिएर विगत वर्षमा जस्तो होली विशेष कार्यक्रम नगरेको बताए ।

वर्तमान अवस्थालाई मध्यनजर गर्दै र प्रशासनले होली नमनाउन भनेकाले पनि यो वर्ष होली विशेष कार्यक्रम भएन । पोखरामा विगत वर्षजस्तो विदेशी पर्यटक नभएकाले पनि रौनकता देखिएन ।

जमुना शर्मा (रासस)

प्रकाशित: Mar 10, 2020| 04:16 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।