शनिबार, वैशाख ८, २०८१

कोरोनाका कारण कतार जान रोक, रेमिट्यान्स जोखिममा

 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले कोरोनाको जोखिम बढ्दै गएपछि कतारले विदेशी कामदारलाई रोक लगाएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

triton college

नेपालसहित १४ देशका विदेशी कामदारलाई कतारले अस्थायी रुपमा त्यहा जान रोकेको छ । यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले कतारले रोक्यो कामदार शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले कतारमा नेपालीलाई रोक शीर्षकमा खबर छापेको छ ।

नागरिकले समाचारमा लेखेकाे छ- श्रम स्वीकृति जारी संख्याका आधारमा चालु आर्थिक वर्षमा नेपालीको सबैभन्दा ठूलो गन्तव्य मुलुक मानिएको कतारले नेपालीलाई त्यहाँ जान प्रतिबन्ध लगाएको छ।

कतारको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै कोरोना विषाणुको त्रासका कारण नेपाललगायत १४ मुलुकका नागरिकलाई अस्थायी रूपमा त्यहाँ जान प्रतिबन्ध लगाएको हो।

कोरोना त्रासका कारण वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशतले गिरावट आएका बेला कतार सरकारको उक्त निर्णयले यो संख्या झनै घट्ने अनुमान गरिएको छ।

corrent noodles
Metro Mart

यसअघि कुबेतले पनि नेपाली कामदारलाई प्रतिबन्ध लगाइसकेको छ। त्यस्तै दक्षिण कोरियाको हकमा भने विभागले हवाई उडान तालिकालाई एक महिना पछि सारेको छ।

यस्तै आजकाे अन्नपूर्ण पोस्ट्ले जोखिममा रेमिट्यान्स शीर्षकमा मुख्य समाचार छापेको छ ।

समाचारमा लेखिएको छ– कोरोना भाइरसको जोखिमसँगै पश्चिम एसियाका मुलुकहरू यतिबेला पेट्रोलियम पदार्थको मूल्यमा तीव्र गिरावटको चुनौती सामना गरिरहेका छन्। नेपाली कामदारको प्रमुख गन्तव्य ती राष्ट्रहरूले तेलको मूल्यमा लगातार गिरावट आएमा नेपालीलाई प्रत्यक्ष असर पर्नेछ। किनकि वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली कामदार तिनै मुलुकमा छन्।

कच्चा तेलको भाउ सोमबार २०४७ मा भएको खाडी युद्धयताकै अवस्थामा खस्किएको छ। यसले रेमिट्यान्समा सिधा असर गर्ने समाचारमा उल्लेख छ ।

राष्ट्र बैंकको एउटा प्रतिवेदनमा पछिल्ला १२ वर्षमा नेपालले भित्राएको रेमिट्यान्सको ७२.६ प्रतिशत रकम खाडी क्षेत्रका यूएई, साउदी अरेबिया, कतार र कुवेतबाट प्राप्त भएको उल्लेख छ। मुलुकको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन) को २५ प्रतिशतभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने स्रोतमा आर्थिक समस्या पर्दा नेपाली अर्थतन्त्र पनि जोखिममा पर्ने अर्थशास्त्रीहरु बताउँछन् ।

कोरोना र अर्थतन्त्रमा देखिएको त्यसको प्रभावसँगै आजका पत्रपत्रिकाले अन्य विषयका खबरलाई पनि प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले नेकपा सुस्त शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष अस्पताल भर्ना भएसँगै नेकपाको सांगठनिक एकता, एमसीसीको विषयमा लिनु पर्ने निर्णय लगायतका काम अलपत्र परेको समाचारमा उल्लेख छ।

नागरिक दैनिकले को बन्लान् नयाँ गभर्नर शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ भने नयाँ पत्रिका दैनिकले बालबालिकालाई निजी विद्यालयले दिने गरेको यातनालाई मुख्य समाचार बनाएको छ । बालबालिकालाई सास्तीः ६ घन्टा कक्षामा, ४ घन्टा बसमा शीर्षकमा खबर छापेको छ ।

प्रकाशित: Mar 10, 2020| 01:34 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।