काठमाडौं- सर्बियामा हुने आईएसएफ यू-१५ विश्व स्कुल स्पोर्टस् गेम्समा नेपालका १५ खेलाडी सहभागी बन्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार एक सूचना जारी गर्दै स्कुलमा १५ खेलाडीको सहभागीताबारे जानकारी दिएको हो।
सर्बिया जाने खेलाडीमा अजल काजी ताम्राकार, अल्विन महर्जन, आनुसिया तान्डुकार, जाडेन श्रेष्ठ, तेन्जिन गुरुङ, तिसा चित्रकार, तेजस्वी फइजु, पलिस्ता महर्जन, यात्रा केसी, सुजल कार्की, लवाङ लामा, शेख इरफान, पतिष्ठा केसी, सुविना तामाङ र सिमनी लामा छन्।
त्यस्तै, सो स्कुलमा प्रशिक्षक नयना शाक्य, रोशन बाहोरा र सुवास तामाङसहित रोफ्रि राकेश कुमार राई पनि जाने भएका छन्। विश्व स्कुल ११ देखि १९ सेप्टेम्बरसम्म बेल्ग्रेडमा हुनेछ।