शुक्रबार, वैशाख ७, २०८१

सुडानका प्रधानमन्त्रीलाई लक्षित गरी बम विस्फोट

सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ। प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाई छ।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

कायरो - सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ। प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाई छ।

triton college

प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित रहेका छन्। सुडानको सरकारी टेलिभिजनले कार्यालयतर्फ जाँदा बाटोमा बम विस्फोटन गराइएको जनाएको छ। तत्कालै सुरक्षाकर्मीले उनलाई सुरक्षित स्थलमा लगेका थिए।

उक्त आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन।

प्रजातन्त्र समर्थकको चर्को दबाबबीच गत अगष्टमा हामडोक सुडानको प्रधानमन्त्री बनेका थिए। जनप्रदर्शन व्यापक बन्दै गएपछि सुडानको सेनाले गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्यूत गरी सेनाले सत्ता आफ्नो हातमा लिएको थियो।

महिनौंको छलफलपछि सेना र प्रजातन्त्रवादी आन्दोलनबीच गत अगस्टमा सत्ता साझेदारी गर्नेगरी सम्झौता भएको थियो। सम्झौता अन्तर्गत ११ सदस्यीय संयुक्त सैन्य नागरिक सार्वभौम परिषद स्थापना गरिएको थियो। यस परिषदले सुडानमा आगामी तीन वर्ष शासन सञ्चालन गर्ने र प्रधानमन्त्रीमा नागरिक प्रतिनिधिका रुपमा हामडोकलाई नियुक्त गर्ने सहमति भएको थियो।

corrent noodles
Metro Mart

तर सैन्य जनरलहरू देशको शासनसत्ता नागरिक नेतृत्वको प्रशासनलाई हस्तान्तरण गर्न त्यति इच्छुक देखिएका छैनन।

प्रकाशित: Mar 09, 2020| 09:50 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।