टुरिन– घरेलु मैदानमा युभेन्ट्सले इन्टर मिलानलाई पराजित गरेको छ। सिरी एअन्तर्गत आइतबार राति भएको खेलमा पाहुना टोली २–० गोल अन्तरले पराजित भएको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा युभेन्ट्सका आरोन रामसे र पाउलो ड्याबलाले गोल गरे।
५४ औ मिनेटमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले दिएको पासलाई सदुयोपग गर्दै रामसेले गोल गरेका थिए। उनको गोल सँगै युभेन्ट्सले सुरुवाती अग्रता बनाएको थियो।
फेरि ६७ औं मिनेटमा ड्याबलाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। रामसेले दिएको पासलाई उनले गोलमा बदलेका थिए।
जितसँगै युभेन्ट्स ६३ अंक बनाएर लिगको शीर्षस्थानमा छ। निकट प्रतिद्वन्द्वी लाजियो ६२ अंकका साथ दोस्रो स्थानमा छ। उता इन्टर मिलान ५४ अंकका साथ तेस्रो स्थानमा छ।