शुक्रबार, वैशाख १४, २०८१

अमेरिकी डलर अहिलेसम्मकै महँगो

दुई सातामा नै डलरको भाउ ४ रुपैयाँले बढेको छ । कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा नै समस्या आउने खतरा बढेपछि लगानीकर्ताहरु सुन र डलरमा लगानी गर्न लागेकाले डलरको मूल्यमा वृद्धि भएको अर्थतन्त्रका जानकारहरु बताउँछन्।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं। अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ। आइतबार एक डलरबराबर नेपाली ११८ रुपैयाँ ३२ पैसामा किनबेच भइरहेको छ । कोरोना भाइरसको आतंकका कारण डलरको मूल्यमा वद्धि भएको हो ।

triton college

दुई सातामा नै डलरको भाउ ४ रुपैयाँले बढेको छ । कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा नै समस्या आउने खतरा बढेपछि लगानीकर्ताहरु सुन र डलरमा लगानी गर्न लागेकाले डलरको मूल्यमा वृद्धि भएको अर्थतन्त्रका जानकारहरु बताउँछन्।

विश्वभर फैलिएको कोरोनाका कारण विश्वको सेयर बजार फराकिलो अन्तरले ओरालो लागिरहेको छ भने तेलको मूल्यमा पनि भारी गिरावट आएको छ।

विश्वभरका कोरोना संक्रमित देशहरुको आर्थिक गतिविधि ठप्प भएकोले तेलको र सेयरको मूल्यमा गिरावट आएपछि लगानीकर्ताहरु सबैभन्दा सुरक्षित मानिएको सुन र डलरमा लगानी गरिरहेका छन्। आइतबार नेपाली बजारमा सुन प्रतितोला ८२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Mar 08, 2020| 09:00 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्