धनगढी– कञ्चनपुरको पुनर्वासमा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको ज्यान गएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।
पुनर्वास नगरपालिका–८ क गाउँमा से४प ६९६६ नम्बरको मोटरसाइकल र म२प ५२२ नम्बरको मोटरसाइकल ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको ज्यान गएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहका अनुसार मृतक म२प ५२२ नम्बर मोटरसाइकलको चालक हुन्।
अर्का मोटरसाइकल चालक पुनर्वासको बीचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार गम्भीर घाइते छन्। उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीले थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरेको छ।
दुर्घटनामा घाइते च गाउँका अर्जुन राना र कैलालीको गोदावरीका अनिल लामिछानेको धनगढीमै उपचार भइरहेको छ।