बिहीबार, वैशाख १३, २०८१

आज अन्तर्राष्ट्रिय नारी दिवस

यस वर्ष ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता’ नारा तय गरिएको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस। नेपाललगायत विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ। 

triton college

यस वर्ष ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने नारा तय गरिएको छ। नारी दिवसकै अवसरमा नेपालमा पनि विविध कार्यक्रम आयोजना गरिने भएका छन्।

नारी दिवसकै अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतले शुभकामना दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको र अबका दिनमा आवधिक योजना तथा कार्यक्रममा समेत महिला सशक्तीकरण एवं लैगिंक समानताका लागि प्राथमिकताका साथ लाग्न आग्रह गरेकी छन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले सबै नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै संविधान कार्यान्वयन लगायत राष्ट्रका कार्यभारहरु पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भन्ने कामना गरेका छन्।

corrent noodles
Metro Mart

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको, गाउँशहरमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेका, महिलामाथि हुने विभेद र हिंसाकाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्।

प्रकाशित: Mar 08, 2020| 01:42 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।