शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सात बुँदे घोषणापत्र जारी गर्दै प्रेस सङ्गठनको उपत्यका भेला सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै प्रेस सङ्गठनको उपत्यका भेला सम्पन्न

प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश भेला सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

काठमाडौं- प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश भेला सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

triton college

घोषणापत्रमा श्रमजीवी पत्रकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, साङ्गठनिक एकता कायम गर्नुपर्ने तथा पत्रकारको नियमित प्रशिक्षण आवश्यकताअनुसार सञ्चालन गर्न दबाव दिने रहेका छन्

यसैगरी राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डताका पक्षमा दृढतापूर्वक उभिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासका पक्षमा आफ्नो तर्फबाट आवश्यक योगदान पुर्‍याउने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहितको विकास र समृद्धिको यात्रालाई रचनात्मक सुझावसहित सघाउने, काठमाडौँ, भक्तपुर र ललितपुरको थप विकास, शहरीकरण र सौन्दर्यीकरणका साथै सांस्कृतिक पक्षहरुको संरक्षण र विकासका लागि सम्बन्धित जनप्रतिनिधि, निकाय र पक्षलाई भेलाले विशेष आग्रह गर्ने घोषणापत्रमा रहेको छ।

घोषणापत्रमा विश्वव्यापी सङ्क्रमण भइरहेको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न र बचाउन सम्बन्धित सबै पक्षमा अपिल गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहनुभएकाले उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ। रासस

प्रकाशित: Mar 07, 2020| 13:21 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।