शनिबार, वैशाख ८, २०८१

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

बिभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

काठमाडौं- बिभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ।

triton college

प्रहरीका अनुसार बर्दिया, कैलाली, जाजरकोट, काभ्रे, गोरखा र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो।

बर्दिया, गुलरिया नगरपालिका–४ कोटहीस्थित सडकमा भे.१ ह ४३९८ नम्बरको अटोको ठक्करबाट साइकलयात्री स्थानीय ६५ बर्षीय रंगिलाल गोडियाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडामा ना.४ ख ४९४४ नम्बरको बस र से.५ प ६९९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर मोटरसाइकल चालक स्थानीय ३० वर्षीय बिजय लामाको मृत्यु भएको छ।

corrent noodles
Metro Mart

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

जाजरकोट शिवालय गाउँपालिका–५ सल्लेरीमा छेडा बजारदेखि थालातर्फ जाँदै गरेको भे.१ त ८८३० नम्बरको ट्याक्टरबाट झर्ने क्रममा ट्याक्टरको ट्रलीले लागेर स्थानीय ७६ बर्षीय पृथे भाटको मृत्यु भएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटीमा बा.३ ख ७१२१ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक स्थानीय २२ बर्षीय रोसन ठकुरी र सह–चालक दिलिप ठकुरीको घटनास्थलमै मृत्यु भएको छ।

ट्रक सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

गोरखा सिरानचोक गाउँपालिका–८ धन्सामा ग.१त ४६८२ नम्बरको ट्याक्टर शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार दाङ घर भएका अन्दाजी २३ वर्षीय यज्ञ बहादुर भण्डारीको मृत्यु भएको छ।

गम्भीर घाइते भएका भण्डारीको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सहित २ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ खुईरी जंगलस्थित सडकमा लु.२ ख २३४० नम्बरको ट्रकले भे.९ प ७८१७ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा स्कुटर चालक कपिलवस्तु बाणगंगा नगरपालिकाका ३५ वर्षीय बिष्णु बेलवासेको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बेलवासेको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।। दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Mar 07, 2020| 11:35 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।