शनिबार, वैशाख ८, २०८१

ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारको सिलसिलामा दुबई तथा मलेसिया पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

काठमाडौं- वैदेशिक रोजगारको सिलसिलामा दुबई तथा मलेसिया पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

triton college

काठमाडौं गौशला बस्ने धनुषा मिथिला विहारी नगरपालिका–५ का २४ वर्षीय राधे साहलाई प्रहरीले पक्राउ गरेको हो।

साहले दुबई तथा मलेशियामा श्रमिक भिषामा आकर्षक तलव हुन्छ भन्दै विभिन्न प्रलोभनमा पारी ९ जनाबाट ११ लाख ४२ हजार २ सय रुपैयाँ लिई सम्पर्कविहीन भएको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–८ पिङ्लास्थानबाट पक्राउ गरेको हो।

साहलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ।

corrent noodles
Metro Mart

फरार अभियुक्त पक्राउ

ताप्लेजुङ- जिल्ला अदालत ताप्लेजुङबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

मैवाखोला गाउँपालिका–१ का प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। जिल्ला अदालतले गत जेठ २६ गते उक्त कैद फैसला सुनाएको थियो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले तामाङलाई दमक नगरपालिका–२ गुम्वाचोकबाट पक्राउ गरेको हो।

तामाङलाई आवश्यक कारवाहीको लागि शुक्रबार जिल्ला अदालत ताप्लेजुङ उपस्थित गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारगार चलान गरिएको प्रहरीले जनाएको छ।

पत्नि हत्या गरेको अभियोगमा पक्राउ

धादिङ- आफ्नै पत्निलाई कुटपिट गरी हत्या गरेको अभियोगमा धादिङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

निलकण्ठ नगरपालिका–१४ का ४५ बर्षीय लुरे नेपालीलाई पत्नि ५५ वर्षीय कान्छि नेपालीको हत्या गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

नेपालीले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा पत्नि कान्छिको घट्नास्थलमै मृत्यु भएको थियो।

प्रकाशित: Mar 07, 2020| 11:31 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।