बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली सरकारले कोरोना भाइरसविरुद्ध प्रतिकार्य गर्ने

कर्णाली सरकारले कोरोना भाइरसविरुद्ध प्रतिकार्य गर्ने

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९)को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

सुर्खेत– कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९)को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ।

triton college

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसविरुद्ध प्रतिकार्य गर्ने निर्णय गरेको प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइन्।

उनले कोरोना भाइरसको त्रास हटाउन सचेतना कार्यक्रम सञ्चालन गरिने बताइन्। उनले प्रदेशमा संक्रमण भित्रिन नदिन हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई र कुइनेमा हेल्थडेस्क राखिने जानकारी दिइन्। यसका लागि आवश्यक जनशक्ति परिचालन तथा बजेट व्यवस्था प्रदेश सरकारले गर्ने निर्णय गरिएको बताइन्।

सुर्खेत विमानस्थलमा भने यसअघि नै हेल्थ डेस्क राखिसकिएको छ।

सरकारले मेला, महोत्सव, आमसभा, भेला तथा सार्वजनिक कार्यक्रम नगर्न, अनावश्यक आवतजावत, हात तथा गला नमिलाउन आग्रह गर्ने निर्णय गरिएको जानकारी दिइन्। यस्तै, मन्त्रिपरिषदले उत्तरी नाकालाई विशेष ढंगले कडाई गर्ने र कालोबजारी गर्नेलाई कडाइपूर्वक कार्वाही गर्ने निर्णय गरिएको उनले बताइन्।

corrent noodles
Metro Mart

उनले कोरोना भाइरसबारे आतंकित नहुन र उच्च सतर्कता अपनाउन आग्रह गरिन्। स्वास्थ्यकर्मीबाहेक शिक्षक, विद्यार्थी, नागरिक समाज, निजी क्षेत्र, सरोकारवाला पक्षसँग आवश्यक समन्वय गरी जनचेतनामूलक तथा सन्देशमूलक कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिइन्।

सम्मेलनमा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोनासम्बन्धी चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको निर्देशक रीता भण्डारीले बताइन्। उनले संक्रमण रोकथामको लागि आवश्यक सेनिटाइजर, मास्क, औषधि लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारीले नियमित अनुमगन गर्ने जनाइन्।

मुख्यमन्त्रीको नेतृत्वमा कोरोना नियन्त्रण समिति

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा कोरोना नियन्त्रण समिति गठन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी केशवप्रसाद उपाध्यायका अनुसार समितिमा सबै सरोकारवाला निकाय तथा व्यक्तिहरू रहेका छन् ।

त्रास नफैलाउन आग्रह

यता जिल्ला प्रशासन कार्यालयहरुले भने कोरोनाको त्रास नफैलाउन सबैलाई अनुरोध गरेको छ । सामान्य ज्वरो, रुघाखोकीका आधारमा कोरोनाको त्रास नदेखाउन प्रशासनले सबैमा आग्रह गरेको हो।

मुगुका सीमानाकामा हेल्प डेस्क

यता मुगुका सीमानाकामा हेल्प डेस्क राखिने निर्णय गरिएको छ। जिल्लाका सरोकारवाला निकायहरूले गरेको निर्णयअनुसार जिल्ला भित्रिने प्रमुख प्रवेशद्वारमा हेल्प डेस्क राखिने निर्णय गरिएको छ। मुगुुमा कोराना भाइरसको संक्रमण हुन नदिन र भइहालेमा तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिनका लागि हेल्प डेस्क राखी चेकजाँच गरिनेछ। हुम्लाबाट भित्रिने सीमानाका छायानाथ रारा नगरपालिका–१२ बाममा, जुम्लाबाट भित्रिने नाका छायानाथ रारा नगरपालिका–७ पिना र हवाई यातायातबाट भित्रिने रारा विमानस्थल ताल्चमालगायत बाजुराबाट भित्रिने खत्याड गाउँपालिकाको झुगालामा हेल्प डेस्क स्थापना गरी चेकजाँच गरिने निर्णय गरिएको जिल्ला समन्य समितका प्रमुख पूर्णबहादुर रोकायाले जानकारी दिए।

प्रकाशित: Mar 07, 2020| 08:48 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।