शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गच्छदारसहित ७४ जनालाई विशेष अदालतको १५ दिने म्याद, ५ दिनसम्म कोही आएनन्

गच्छदारसहित ७४ जनालाई विशेष अदालतको १५ दिने म्याद, ५ दिनसम्म कोही आएनन्

बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ। तर, ५ दिनसम्ममा काेही पनि अदालतमा उपस्थित भएका छैनन्।

triton college

७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए। उनीहरुविरुद्ध गत फागुन १९ गते म्याद जारी गरिएको पाण्डेले बताए। बिहीबारसम्म कोही पनि उपस्थित नभएको अदालतले जानकारी दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

ललिता निवास प्रकरणमा पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पनि विशेष अदालतले १५ दिने म्याद जारी गरेको अख्तियारले गत माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित: Mar 06, 2020| 09:40 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।